गैडाको आक्रमणबाट एक पुरुष गम्भिर घाईते

सुजिता हमाल
चितवन, ०९ असोज । पूर्वि चितवनमा गैडाको आक्रमणबाट एक पुरुष गम्भिर घाईते भएका छन । रत्ननगर १० मंगलपुरका ६५ वर्षिय जुग बहादुर वि.क गैडाको आक्रमणबाट घाईते भएका हुन । पञ्चकन्या सामुदायिक वनक्षेत्र भित्र पर्ने सिमा क्षेत्रमा निउरो टिपेर घर फर्किने क्रममा बाटोमा गैडाले आक्रमण गरेको पञ्चकन्या सामुदायिक वनक्ष्का सनिव अर्जुन पौडेलले जानकारीदिनुभयो । घाईतेको भरतपुरको सरकारी अस्पतालमा उपचार भईरहेको सचिव पौडेलले बताए ।