देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा टङ्कनाथ, विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने

राजेन्द्र आचार्य
चितवन, ०९ असोज । पवित्र धार्मिक तिर्थस्थल देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा टङ्कनाथ पौडेल नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आइतबार २ वर्षे कार्यकालका लागि पौडेल अध्यक्ष पदमा नियुक्त भएका हुन् ।14484635_10210253499471997_6994640435927439917_n

पवित्र तीर्थस्थल देवघाटधाम क्षेत्रको संरक्षण र विकास गर्न समितिले काम गर्दैआएको छ । पौडेल यसअघि समितिको सदस्य पदमा रहेर २ कार्यकाल काम गरिसकेका छन् । यस क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने उनले बताएका छन् ।

देवघाटधामको महत्वलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराई देवघाटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने अध्यक्ष भए लगत्तै पौडेलले बताए ।