प्राविधिक शिक्षालय वनाउने निर्णय सहित विधालय व्यवस्थापन समिती गठन

अनिल भट्टराई\सुदिप देवकोटा

 चितवन, ०९ असोज । हरिशचन्द्र दाहालको अध्यक्षतामा नि मा वि शान्तिपुर विधालय व्यवस्थापन समितिको गठ्न भएको छ । जसमा सदस्यहरु भरत चन्द्र भट्टराई रोहित वहादुर थापा हरिवहादुर थापा रहनु भएको छ । यस्तै लक्ष्मी गौली दिलमाया देउजा र चित्रकाशी वि क पनि सदस्यमा चयन हुनुभएको छ । सदस्य तथा शिक्षक आभिभावक संघका अध्यक्ष पनि सदस्यमा निर्विरोध चयन हुनुभयको छ ।

सुविधासम्पन प्राविधिक शिक्षालाई बनाउन पहल गर्ने सहमति सहित चन्द्र्लाल दाहालको संयोजकत्तोमा सल्लाहकार समिती पनि चयन गरिएको छ । जसमा सर्बदलिय प्रतिनिधिको रूपमा चेतनथ न्यौपाने राजेन्द्र कोईराला बाबुराम दाहाल गिरिधारी चापागाईं र चन्द्रकान्त ढकाल सल्लाहकार समितिमा रहनु भयको छ । यश समितिमा नि मा वि शान्तिपुरका बर्तमान प्र अ श्रीकृष्ण न्यौपाने स्वत समितिको सचीव रहने व्यवस्था रहेको छ ।

नि मा वि स्थगन भएपछि मर्ज हुने अवस्थामा रहेको सो विधालयमा थप प्रविधिक शिक्षालय ल्याउन पहल भएसंगै विधालयको अवस्था फेरिने अपेक्षा स्थानीयले गरेका छ्न ।