एनपिआई लायन्स फाउण्डेसनद्धारा मानवसेवा आश्रमका असहायहरुलाई सम्मान र भोजन सेवा(तस्वीर र भिडियोसहित)

चितवन, ८ असोज । लायन्स क्वल अफ चितवन एनपीआई फाउण्डेसनद्धारा आज मानवस सेवा आश्रम चितवनमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्दै भोजन सहयोग गरेको छ ।20160924_172935

आज साँझ भरतपुर वाईपास रोडमा एक कर्यक्रमको आयोजना गरी सहयोग गरिएको लायन्स क्वल अफ एनपिआई फाउण्डेसनका अध्यक्ष शिव सुवेदीको अध्यक्षताका कार्यक्रमको आयोजना गरी सडकबाट उद्धार गरिएका असहायहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

20160924_172930

यस्तै फाण्डेसनले नै आज साँझ उनीहरुलाई भोजन सेवा उपलव्ध गराईएको थियो । सो क्रममा बोल्दै अध्यक्ष सुवेदले सडक सडकमा गएर भेट्न नसक्ने दुखि आत्मालाई मानव सेवा आश्रमले एकैठाउँमा सहयोग गर्ने वातावरण मिलाईदिएर पुण्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।20160924_172944

उहाँले मठ मन्दिर गएर पुजा गर्नुभन्दा यस्ता असहायहरुको घाउमा मलम लगाउँदा पुण्य मिल्ने बताउनुभयो । 20160924_173140
कार्यक्रममा बोल्दै लायन्स क्वल अफ चितवन युथका सचिव तथा एक्टेन्सन चेयर पर्सन दिपक ढकालले मानविय काममा आश्रमले उल्लेखनिय काम गरेको भन्दै मानव प्रतिको सेवा र आस्था अझै बढ्दै जाने विश्वास व्यक्त गनूभयो । 20160924_173303कार्यक्रम लायन्स क्वल अफ एनपिआई फाउण्डेसनका सचिव खिमानन्द सुवेदीले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा आश्रमकी अभियान्ता रुपा केसीले सहयोगी मनहरुकै सहयोगबाट आश्रमको सेवा अघि बढिरहेको बताउनुभयो ।20160924_173323 20160924_173433 20160924_173434 20160924_173721