साधारणसभामा पुरस्कृत

चितवन, ८ असोज । भरतपुर १२ मा रहेको भरतपुर बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
शनिबार भरतपुरमा आयोजना गरिएको साधारणसभाका अवसर पारेर विद्याबारिधी गर्ने संस्थाका पाँच जना शेयर सदस्य, एसएलसीमा उत्कृष्ट अंक ल्याउन ११ जना विद्यार्थी, ११ जना जेष्ठ शेयर सदस्य तथा नौ जना पूर्व सञ्चालकलाई पुस्कृति तथा सम्मान गरिएको छ । साधारणसभाका अवसरमा संस्थाको नीति तथा कार्यक्रममाथि ब्यापक छलफल गर्दै संस्थालाई थप बलियो बनाएर अगाडि बढ्नुपर्ने सहभागीहरुले बताएका छन् ।
साधारणसभाका अवसरमा अर्जुन रिजाल, भीम सुवेदी, सन्तबहादुर गुरुङ, भवनाथ सडौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहेका थिए । संस्थाका अध्यक्ष तारानाथ बरालको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष इन्द्र रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

.