संरक्षित बचतले एक वर्षमा ६१ लाख लगानी ग¥यो

चितवन, ८ असोज । भरतपुर १२ मा रहेको संरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भएको साधारणसभाका अवसरमा संस्थाका कोषाध्यक्ष रवि प्रसाद लामिछानेले गत आर्थिक वर्ष २०७२÷०७३ मा ६१ लाख ५९ हजार रुपैयाँ ऋण लगानी भएको र ४० लाख ९३ हजार रुपैयाँ मात्र असुली भएको बताए । तीन सय ३४ जना शेयर सदस्य रहेको संस्थाको ३० लाख ४१ हजार रुपैयाँ शेयर पुँजी, ३७ लाख रुपैयाँ बचत रकम रहेको छ ।
त्यसैगरी, ३२ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने रकम रहेको छ भने ६३ लाख ३६ हजार रुपैयाँ उठ्न बाँकी रकम रहेको छ । संस्थाको साधारणसभाको उद्घाटन सत्रमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व केन्द्रीय सदस्य धनप्रसाद रेग्मी, पुयण्श्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकाराम लामिछाने, नेफ्स्कुन चितवनकी फिल्ड कार्यालय संयोजक यमकला सुवेदी, हाम्रो टोल टोल विकास संस्थाका अध्यक्ष महेन्द्र अधिकारी, हाम्रो टोल आमा समूहकी अध्यक्ष पार्वती भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव मुक्तिनाथ तिमिल्सीनाले गरेका थिए । उक्त साधारणसभामा संस्थाका पूर्व व्यवस्थापक श्याम प्रसाद खतिवडालाई सम्मान समेत गरिएको थियो । साधारणसभा उद्घाटन सत्रमा जेष्ठ शेयर सदस्यका तर्फबाट ज्ञानेन्द्र चालिसे प्रमुख अतिथि रहेका थिए । संस्थाका अध्यक्ष विक्रम केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्रीचन्द्र वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।