नेपाल जेसीजको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलन सकियो

चितवन, ०८ असोज । चितवनको सौराहामा आयोजना गरिएको नेपाल जेसीजको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलन आज सकिएको छ । सौराहा जेसीजको आतिथ्यमा सुरु भएको सम्मेलनमा वातावरण संरक्षण,पर्यटन विकास,जलविद्युतको सम्भावन,कृषिको प्रर्बधन,संविधानको कार्यान्वय र आर्थिक विकासका मुद्धाहरुमा छलफल गरिएको सम्मेलनका निर्देशक शरदबाबु श्रेष्ठले जानकारी दिए ।jic-pic-2

सम्मेलनमा क्षेत्र ख अन्र्तगतका २८ शाखाका ४०० जना जेसीज सदस्यहरुको सहभागिता रहेको सौराहा जेसीजका अध्यक्ष रामशरण सिलवालले जानकारी दिए । सम्मेलनमा पूर्व अर्थमन्त्री डा।शंकर प्रसाद कोइरालले आर्थिक र पर्यटनको विकास,नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुण सुमार्गीले उद्योग र पर्यटनको विकास र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्यले वातावरण र संरक्षणमा युवाको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनको अन्तिम दिन वातावरण विद्हरु कर्ण शाक्यले वातावरण संरक्षण,सन्तोषमणि नेपालले वातावरण संरक्षणमा युवाहरुले खेल्नुपर्ने भूमिकबारे कार्यपत्र तथा अन्र्तराष्टिय युवा प्रवचक शौनक भट्टले नेतृत्व विकासका वारेमा प्रशिक्षण दिएका थिए ।

सम्मेलनमा नेपाल जेसीजका राष्टिय अध्यक्ष रविन्द्र गुरुङ,जेसीआईका अन्र्तराष्टिय उपाध्यक्ष अम्जद हुसेन,नेपाल जेसीजका राष्टिय कार्यकारी उपाध्यक्ष भेषजा काफ्ले, पूर्व राष्टिय अध्यक्ष उत्तर चापागाई, उपाध्यक्ष अन्जनबाबु खत्री लगायतको सहभागिता रहेको थियो । यसैबीच विश्व शान्तिको लागि नेपाल जेसीजले चितवनको सौरामामा शनिवार विहान विशाल शान्ति ¥याली लिकालेको छ ।

सौराहा जेसीजको आतिथ्यमा सौराहामा भएको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलनको अन्तिम दिन हात्ती सहितको शान्ति ¥याली लिकालेको हो । विश्व शान्ति र नेपालमा स्थायित्व कायम गर्न सन्देश फैलाउन शान्ति ¥याली लिकालेको नेपाल जेसीजका अध्यक्ष रविन्द्र गुरुङले जानकारी दिए । चितवन राष्टिय निकुञ्जको प्रवेश द्धारबाट सुरु भएको शान्ति ¥यालीले सौराहा परिक्रममा गरेको थियो । ¥यालीमा जेसीजका शाखाहरु,स्थानीय महिला बचत तथा ऋण सहकारीसंस्थाहरु,सामुदायिक वन,रेष्टुरेण्ट एण्ड बार एसोसियशन सौराहा,पञ्चेबाजा समुह,आमा समुह,थारु स्टीक डान्स लगायतले सहभागिता रहेको सम्मेलन मुल आयोजक समितिका निर्देशक शरदबाबु श्रेष्ठले जानकारी दिए ।