संयुक्त खुल्ला रक्तदान सम्पन्न

भरतपुर, ८ असोज । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि., नारायणी मोटर्स, लायन्स क्लव अफ नारायणगढ बालकुमारी र लायन्स क्लव अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।blood

एभरेष्ट सहकारीका अध्यक्ष महेन्द्र शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका पूर्व गर्भनर प्रभातकुमार जोशी, कार्यक्रम संयोजक अनुषा चुके, नारायणी मोटर्सका बालगोपाल चुके, लायन्स क्लव अफ नारायणगढ बालकुमारीका तारानाथ बराल र लायन्स क्लव अफ नारायणगढ नारायणीकी रजनी मास्के लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा १० जना महिलासहित एक सय एक जनाले रक्तदान गरेका थिए । उक्त अवसरमा ५० औं पटक रक्तदान गर्ने दाताराम घिमिरेलाई सम्मान गरिएको एभरेष्ट सहकारीकी व्यवस्थापक सरु ढकालले जानकारी दिइन् ।