सौराहामा जेसीजको विशाल शान्ति ¥याली

चितवन ०८ असोज । विश्व शान्तिको लागि नेपाल जेसीजले चितवनको सौरामामा आज विहान विशाल शान्ति ¥याली लिकालेको छ । सौराहा जेसीजको आतिथ्यमा सौराहामा हिजोबाट सुरु भएको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलनको दोश्रो दिन हात्ती सहितको शान्ति ¥याली लिकालेको हो । विश्व शान्ति र नेपालमा स्थायित्व कायम गर्न सन्देश फैलाउन शान्ति ¥याली लिकालेको नेपाल जेसीजका अध्यक्ष रविन्द्र गुरुङले जानकारी दिए । चितवन राष्टिय निकुञ्जको प्रवेश द्धारबाट सुरु भएको शान्ति ¥यालीले सौराहा परिक्रममा गरेको थियो । poc-1¥यालीमा जेसीजका शाखाहरु,स्थानीय महिला बचत तथा ऋण सहकारीसंस्थाहरु,सामुदायिक वन,रेष्टुरेण्ट एण्ड बार एसोसियशन सौराहा,पञ्चेबाजा समुह,आमा समुह,थारु स्टीक डान्स लगायतले सहभागिता रहेको सम्मेलन मुल आयोजक समितिका निर्देशक शरदबाबु श्रेष्ठले जानकारी दिए । शुक्रवार देखि सुरु भएको सम्मेलनमा क्षेत्र ख अन्र्तगतका २८ शाखाका ४०० जना जेसीज सदस्यहरुको सहभागिता रहेको उनले जानकारी दिए । सम्मेलनमा आज वातावरण विद्हरु कर्ण शाक्यले वातावरण संरक्षण,सन्तोषमणि नेपालले वातावरण संरक्षणमा युवाहरुले खेल्नुपर्ने भूमिकबारे कार्यपत्र तथा अन्र्तराष्टिय युवा प्रवचक शौनक भट्टले नेतृत्व विकासका वारेमा प्रशिक्षण दिने सम्मेलनका महासचिव प्रकाश चापागाईले जानकारी दिए । सम्मेलनले चितवनको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिईएको सौराहा जेसीजका अध्यक्ष रामशरण सिलवालले जानकारी दिए ।

सडकमै केरा
सौराहा जेसीजले सम्मेलन तथा शान्ति ¥यालीमा सहभागीहरुलाई सडकमै केरा खाने व्यवस्था मिलाएको थियो । कृषिको विकासमा जोड दिदै आएको जेसीजले केरा खेतीको प्रर्बधन र विकासको लागि सौराहामा जारी अञ्चलस्तरीय क्षेत्र ख सम्मेलनका सहभागीहरुलाई सडकमै केरा खाने व्यवस्थामा मिलाईएको सौराहा जेसीजका अध्यक्ष रामशरण सिलवालले जानकारी दिए । pic2चितवन केरा खेतिको पकेट क्षेत्र भएकोले केराको बजारीकरण र उत्पादनलाई प्रोत्सहान गर्न केरा खानु पर्छ भन्ने सन्देश फैलाउन सडककै केरा खाने व्यवस्था मिलाईएको हो । सम्मेलन तथा ¥यालीमा सहभागीहरुलाई धि तमरुन्जेल केरा खानको लागि सौराहाका चोक चोकमा केरा भुण्ड्याईएको थियो ।

.