चितवन राष्ट्रिय निकुञ्जको श्रीजंग गणलाई “अब्राहम कन्जरभेसन अवार्ड २०१६” (तस्वीरसहित)

राजेन्द्र आचार्य

चितवन, ०८ असोज । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गण “अब्राहम कन्जरभेसन अवार्ड २०१६” बाट सम्मानित भएको छ । निकुञ्जको विगत साढे दुई वर्ष देखि सुरक्षा जिम्मेवारी लिदै आएको नेपाली सेनाको श्रीजंग गणले विश्व वन्यजन्तु कोष नेपालले प्रदान गर्ने “अब्राहम कन्जरभेसन अवार्ड २०१६” प्राप्त गरेको हो । साथै नगद ५० हजार रुपैया पुरस्कार समेत सोही अवसरमा दिईएको थियो । shree-jung-000वन तथा भू(संरक्षण मन्त्रालयद्धारा आयोजित एक कार्यक्रमका विच सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारीले गणको तर्फबाट गणपति प्रमुख सेनानी माधव थापालाई अवार्ड प्रदान गरेकी थिईन् । shree-jung-2चितवन राष्ट्रिय निकुञ्जमा वि.सं.२०७१ सालबाट अहोरात्र रुपमा प्रकृति संरक्षण, जैविक विविधताको संरक्षण तथा दुर्लभ वन्यजन्तुको संरक्षणमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै श्रीजंग गणलाई “अब्राहम कन्जरभेसन अवार्ड २०१६” बाट सम्मानित गरिएको विश्व वन्यजन्तु कोष नेपालले जनाएको छ । shree-jung-00अवार्ड सन् १९९५ मा “एमएस न्यान्सी अब्राहम ” विश्व वन्यजन्तु अमेरिकाका बोर्ड सदस्यको नामबाट हरेक वर्ष जैविक विविधताको संंरक्षणमा फिल्ड तथा फ्रन्ट लाईनमा रहेर उर्जाशील र उत्कृष्ट कार्य गर्ने व्यक्ति विशेष वा समुहलाई प्रदान गरिर्दै आएको छ ।shree-jung चितवन जिल्लाको गौरवको रुपमा रहेको विश्व सम्पदा सुचिमा सचिकृत चितवन राष्ट्रिय निकुञ्जमा श्री जंग गणकै पहलमा सुरक्षा मजबुद बनाई जैविक विविधता, दुर्लभ एक सिंङ्गे गैंडा र पाटे बाघको संरक्षणमा नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानिय समुदायको त्रिकोणात्मक सहकार्यबाट ८७४ दिन शुन्य चोरी शिकारको दुर्लभ उपलब्धी हासिल गर्न सफल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता नुरेन्द्र अर्यालले जानकारी दिए ।
३ बर्षमा ६२ हजार ७ सय ६७ पटक गस्ती
लगातार रुपमा शुन्य चोरी शिकार बर्ष मनाउन श्रीजंग गणले २०१४ अप्रिल देखि २०१६ अगस्तसम्ममा ६२ हजार ७ सय ६७ पटक गस्ती गरेको जनाएको छ । गणले वन्यजन्तु संरक्षणको लागि नविनतम प्रविधिको प्रयोग, समुदाय परिचालन तथा सरोकारवाला निकाय बीच समन्वय साथै सञ्जालको निर्माण गर्दै चोरीशिकारी तथा तस्करलाई पक्राउसगै सुरक्षा मजबुद बनाउन ३ बर्ष ६२ हजार ७ सय ६७ पटक गस्ती गरेको गणपति माधव थापाले बताए । shree-jung-3गणले सन् २०१४ अप्रिल देखि २०१६ अगस्तसम्ममा पैदल, मोटर, साईकल, डुङ्गा तथा हात्ती लगायतका साधनमार्फत चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा ६२ हजार ७ सय ६७ पटक गस्ती गरी ५,००,००० किलो मिटर भन्दा वढी गस्ती गरेको उनले बताए । गणले निकुञ्ज प्रशासन, स्थानिय समुदायहरुसंग (मध्यवर्ती क्षेत्रका वासिन्दाहरुसंग) संवद्ध रहि दुर्लभ वन्यजन्तुहरुको चोरी शिकारी तथा जैविक विविधता संरक्षणमा अग्रहणिय भुमिका निर्वाह गर्दै आएको छ ।