चितवनका रगं पत्रकार रविले बनाउदैछन् ५० बर्ष पुरानो कथामा ‘पञ्चायत’ (तस्वीरसहित)

 

चितवन, ०८ असोज । विगत एक दशदेखि रगं पत्रकारका रुपमा परिचित रगं पत्रकार रवि अधिकारीले चलचित्र ‘पञ्चायत’ निर्माण थालेका छन् । panchayat2-768x512नेपाली ५० बर्ष पुरानो कथालाई मुखय विषय बस्तु बनाई उनले चलचित्र ‘पञ्चायत’ निर्माण सुरु गरेका हुन् । पश्चिम नेपालको बाग्लुङ पुगेर फिल्म युनिटले फिल्मको शुभमुहुर्त गर्र्दै चलचित्रको छायाङ्गकन सुरु गरेको छ । panchayat4-768x576बाग्लुङ कालिका मन्दिरमा बाग्लुङ जिल्लाका एसएसपी छविलाल जोशीले क्ल्याप हानेर र नायक गणेश गिरीले नरिवल फोडेर फिल्मको सुरुवात गरेका थिए । एसएसपी जोशीले पुरानो कथामा फिल्म बन्नु गर्वको बिषय भएको बताए । बाग्लुङको पहाडि भेग बलेवाबाट फिल्मको छयांकन थालिएको हो । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउन लोकेशन पहाडि क्षेत्रमा रोजिएको कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए ।14354889_1108210965933999_1886983377577085999_n
फिल्मलाई शिवम अधिकारीले निर्देशन गर्दैछन । मुहुर्त समारोहमा उनले मुखिया प्रथाको कथालाई जिवन्त बनाउने प्रयास गर्ने बताए । फिल्मलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गर्न लागेका हुन । मेनुका ढुङगाना सहनिर्माता रहेको फिल्ममा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका हुन् । फिल्ममा सरोज खनाल मुख्य भुमिकामा रहेका छन । निता ढुङगाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वन आदि फिल्मका कलाकारहरु हुन ।
टंक बुढाथोकिले संगीत दिएको फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन भने रामजी लामिछानेले नृत्य निर्देशन रहनेछ । फिल्मको प्रस्तुतकर्ता गणेश गिरी हुन । पछिल्लो पटक नयां फरक शैली चलचित्र बनाउने होडबाजी बढिरहेका वेला पुरानो शैलीको राम्रै व्यापार गर्ने निर्माण पक्षको दावी छ ।