ए टू जेड मेला ३ दिन थप

चितवन, ०७ असोज ।  ए टू जेड मोवाइल फेस्टिवल मेला ३ दिनका लागि थप गरिएको । आयोजक ए टू जेड मोवाइल हाउसका अनुसार के एल मलमा शुक्रबारबाट मेला समापन गरिए पनि टाँडी शाखामा ३ दिनको लागि थप गरिएको छ । के एल मलमा मेला सकिएपनि विभिन्न छुट योजना भने यथावतै रहेको छ ।a2z
मेला अन्तर्गत शुक्रबार ५ जना ग्राहकले सुनको सिक्का र १४ जना ग्राहकले मोवाइल फोन उपहार पाएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्रगत स्पोन्सरको ५ प्रतिशत रकम बालबालिकाहरुका लागि नागरिक प्रहरी अभियान (पीटुसिटु) मा आवद्ध सडक बालबालिकाहरुलाई सहयोग प्रदान गरिने मोवाईल हाउसले जनाएको छ ।
यसअघि पनि यस संस्थाले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ । ग्राहकको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै मोवाइल मेलाको आयोजना गरिएको ए टू जेड मोवाइल हाउसका संचालक दिवाकर गुरुङले बताए ।

.