चितवनमा समायोजन गर्न माग गर्दै ठोरीका जनता आन्दोलीत

चितवन, असोज , ०७ । सीमाकंन संशोधनमा पर्साको ठोरीलाई चितवन सहितको प्रदेश नं ३ मा समायोजन गराउन माग गर्दै ठोरीका जनता आन्दोलीत भएका छन् । संबिधानमा असन्तुष्ठको माग संबोधन गर्न प्रमुख राजनैतीक दल तयार हुदा सीमाकंन संशोधनमा ठोरीका शत प्रतीशत जनताको भावना बुझ्नुपर्ने उनीहरुहरुको माग छ । आफुहरुको माग अबको सशोधनले पनी पुरा नगरे कडा संघर्षमा उत्रने उनीहरुले चेतवानी दिएका छन् ।img_4560 संबिधान जारी भए देखीनै सर्बदलीय सर्बपक्षीय समीती बनाएर अभीयान संगै आन्दोलीत बनेका ठोरीका जनता भाषा , सस्कृती , रीतीरीवाज , भुगोल समग्र सहजताका कारण चितवन संग समायोजन हुन चाहान्छन् । संबिधान जारी अघि बनेको शीर्ष नेतृत्व हरुको बिशेष समीतीले ठोरीलाई प्रदेश नं ३ मा समायोजन गराउने नीर्णय गरेर पनी मसौदामा ठोरी अन्यौल बनाईएको थीयो । २०३४ साल अघी साबिक ठोरी ( ठोरी र नीर्मलबस्ती गाबिस) चितवनमा नै थीयो । त्यस बेला सदरमुकाम आवतजावत गर्न समस्याका कारण चितवनबाट टुक्राएर पर्सामा गाभीएको थीयो ।