आँपटारीमा ढल निर्माण सोलार जडानमा आर्थिक सहयोग गर्ने सांसदको प्रतिवद्धता

चितवन, ०७ असोज । चितवन क्षेत्र नम्वर ३ का सांसद कृष्णभक्त पोख्रेलले आँपटारीमा ढल निर्माण र सडक वत्तीका लागि सोलार जडानमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गनुभएको छ । जलदेवी टोल विकास संस्थाले शुक्रवार आँपटारीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा वोल्दै सांसद् पोख्रेलले आफू संसद भए देखिनै आँपटारीको विकासका लागि वजेट विनियोजित गरि रहेको र अव पनि थप योजना दिने विश्वास दिलाउनुभयो । madi-ko-bato
“ससंद विकास कोषवाटै आँपटारीको विकासका लागि सहयोग गर्ने छु”, उहाँले भन्नुभयो, “स्थानिय टोलवासीको माग अनुसार मैले आँपटारीमा ढल निर्माण र सोलार जडानका योजनालाइ प्राथमितामा राख्ने छु ।”
उहाँले टोल विकास सस्थालाइ योजनाको प्रस्ताव तयार गरेर अगाडी वढ्न पनि आग्रह गनुभयो ।
सो अवसरमा वोल्दै उहाँले आँपटारीमा रहेको नेपाल ट्रष्टको जग्गालाइ ब्यवसायीक प्रयोजनमा प्रयोगमा ल्याउन नहुने धारणा राख्नुभयो ।
“यो जग्गामा भौतिक सरचना वनाएर ब्यपार गर्ने थलो वनाउने हैन”, उहाँको थप कथन थियो, “यसलाइ भरतपुर उपमहानगर पालिका वा त्यस्तै कुनै निकायले लिएर वाल उद्यान वा पार्क वनाउन जरुरी छ ।”
नेपाल ट्रष्टले सो जग्गा भाडामा दिन निजि क्षेत्र सग सम्झौता गरि सकेको तर्फ इंकित गर्दै सासद पोख्रेलले सो सम्झौता खारेज हुनुपर्ने माग पनि गनुभयो ।
कार्यक्रममा हालसालै विद्यावारिधी गर्नुभएका वालकुमारी कलेजका प्राध्यापक डा. गुणराज क्षत्रिलाइ सम्मान गरिएको थियो । टोल विकास सस्थाका सल्लाहाकार समेत रहनु भएका क्षत्रिलाइ सस्थाका तर्फवाट कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेलले सम्मान गर्नुभएको हो ।
टोल विकास सस्थाका कार्यवहाक अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजसेवी पूर्णवहादुर श्रेष्ठ, रामप्रसाद भट्ट, उपेन्द्र रिजाल, रमेश घिमिरे, लक्ष्मी पाठक, अम्विका खनाल लगाएतले वोलेका थिए ।
यसै विच नजिकदै गरेको २०७३ सालको विजया दशमीको अवसरमा टोलमा सरसफाइ समेत गरिएको छ । टोलवासीले शुक्रवार विहानै टोलका विभिन्न स्थानमा सरसफाइ गरेका हुन् ।