कार्नेट नेपालको १२ औ बार्षिक साधारणसभा (भिडियोसहित)

शरद आचार्य
काठमाडौं, ०७ असोज । विगत एक दशकदेखि बालबालिका र महिला हिंसा विरुद्ध सक्रिय संस्था कार्नेट नेपालको बार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । सासंद लोकमाणि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सामरी टियन्स पर्स नेपालका कन्ट्री निर्देशक सेथ विशेष अतिथि रहेका थिए ।

14393857_546969672155625_709770100_o
कार्नेट नेपालका अध्यक्ष सामयुल सोन्देबाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक धनराज घिमिरेले बार्षिक प्रगति प्रतिवेदन र सचिव एवं कोषाध्यक्ष शान्त भण्डारीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

 

कार्यक्रम गिरीजा कुमार भट्टराईले सञ्चालन गरेका थिए । साथै सोही अवसरमा संस्था अगामी दिनमा बालबालिका र महिला हिंसा विरुद्ध अझै थप सशक्त रुपमा अगडाी बढ्दै परिमाणमुखी कार्यक्रमलाई प्रथामिकता दिने कार्यकारी निर्देशक धनराज घिमिरेले बताए ।

14423848_546969682155624_1904600194_o