मध्यरातमा रेडियो धादिङ र सुरक्षित आवास गृहमा आक्रमण

 

धादिङ, ७ असोज । जिल्ला वन कार्यालय धादिङले मध्यरातमा रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएको छ ।

जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै रेडियोमाथि आक्रमण गरेको हो ।radio

राती ४ बजे ठूलो संख्यामा प्रहरीसहित दुईवटा डोजर लिई पुगेका थिए । जिल्ला वन प्रमुख पौडेल शसस्त्र वन रक्षक सहित रेडियोभित्र प्रवेश गरी रेडियोकर्मीहरुलाई सुतिरहेको रेडियोकर्मीहरुलाई कपडा समेत लगाउन नदिई लछारपछार गर्दै बाहिर निकालेर रेडियोमा तोडफोड गर्न सुरु गरेका हुन् । रेडियो भित्र प्रवेश गरेका पौडेल आफैँले रेडियोकर्मीहरुलाई धम्की दिँदै पत्रकारहरु शंकर श्रेष्ठ, खेमबहादुर चेपाङ, सौगात लम्साल र प्राविधिक रोमबहादुर श्रेष्ठलाई दुरव्यवहार समेत गरेका थिए ।

त्यसैगरी समाचार संकलनमा गएका पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, पत्रकार सीताराम अधिकारी, सरिता श्रेष्ठ, अर्जुन श्रेष्ठलाई गेटमा नै सशस्त्र प्रहरीले दुव्यवहार गरी हातपात समेत गरेका थिए । त्यसैगरी रेडियोमाथि भएको आक्रमणको निरीक्षण गर्न पुगेको गैह्रसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालमाथि पनि हातपात भएको छ ।

रेडियोका सम्पूर्ण उपकरण ध्वस्त बनाएका छन् । रेडियोको स्टुडियो, मिक्स्चर, कम्प्युटरहरु सबै फुटाइदिएका छन् भने कागजपत्र च्यातेका छन् । रेडियो स्टेशनका अनुसार १ करोड बराबरको क्षति भएको छ ।aakraman-768x432

सँगै हिंसा पीडित महिलाहरु बस्दै आएको सुरक्षित आवास गृहको भवन पनि भत्काएको छ । भित्र सुतिरहेका महिला तथा बालबालिकाहरुलाई एक्कासि भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीहरुले दुव्यवहार गरी बाहिर निकालेर भवनमा डोजर चलाएको हो । भवन भत्काएपछि हिंसामा परेर न्याय माग्न आइपुगेका सुत्केरी महिला सहित पीडित महिलाहरुको विच्चली भएको छ । घटनाको चौतर्फी निन्दा भएको छ ।