गंगापुर डिष्टिलरी उद्योग संचालन भएपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीको अापत्ति

रबिन्द्र यादव,
नवलपरासी, असोज ०७ । इन्दिरा सुगर एण्ड ईण्डष्टि्ज प्रतापपुर-५ गंगापुर नवलपरासीले असोज ६ गते देखि डिष्टिलरी संचालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ति निकाली अाफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।14457350_646130055545455_7430903304874680104_n

जिल्ला प्रशासन कार्यालयमा भदौ ७ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रियक्षिय बैठक मार्फत डिष्टिलरी संचालन गर्न वातावरणिय प्रदुषण सर्त अनुसार १५ दिन भित्र उद्योग पक्षले वातारणीय रिपोर्ट उपलब्ध गराएपछि मात्र डिष्टिलरी संचालन गर्न पाउने सहमति भएकोमा हालसम्म वातावरण प्रदुषण रिपोर्ट उपलब्ध नगराइकन सहमति विपरीत डिष्टिलरी संचालन गरिएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवको हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै संचालनमा ल्याइएको डिष्टिलरी तत्काल बन्द गर्न माग गरिएको छ । नवलपरासीका किसानहरूले लगाएको हजारौं विगहा केरा खेती, धानबाली, तरकारी लगायतका खेती इन्दिरा सुगर एण्ड एग्रो मिलको प्रदुषण पानी बाट नष्ट भएका छन्न ।

त्यसैगरी मिलबाट निस्केको प्रदुषण पानीका कारण वातावरण प्रदुषण भई विभिन्न सरुवा रोगहरु बढने खतरा देखिएको, लामखुट्टे को बिगबिगी यसको नियन्त्रण, किसानहरु बालीको क्षतिपूर्ति माग दिनु पर्छ भन्दै विगत डेढ महिना देखि किसानहरु अान्दोलन गरिरहेका छन ।

पीडित किसानहरुले नारा जुलस सहित पटकपटक जिल्ला प्रशासनलाई घेराउ समेत गरि सकेका छन । सो मिलले नजिकको कंगली खोलामा अाफ्नो प्रदुषित पानी ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको खेतीमा प्रत्यक्ष असर पार्दै अाएको छ ।

.