माडी जाने निकुञ्जको बाटो चिटिक्क

चितवन, ०७ असोज । चितवन राष्ट्रिय निकुञ्ज भित्र बाटोको छेउ–छाउको झाडी सफाइ सगै सर्वसाधारणको यात्रा सहज भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडक–खण्ड अन्र्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा देखि बनकट्टा सम्मको बाटो छेक्ने गरी बाक्लिएको झाडीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बाक्लो झाडीका कारण अगाडी बाटो नदेखिने भएकाले जगंली जनाबर संग हुनसक्ने जम्का–भेटको डर मनमा लिएर यात्रुहरु यात्रा गर्न बाध्य थिए । झाडीले विषेशगरी पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्ने बढी प्रभावित थिए । madi-ko-batoबाटो सम्म फैलिएको झाडीले नजिकै जंगली जनाबर हुंदा समेत नदेखिने र जनाबरले आक्रमण गर्ने खतरा वढेको तर अहिले सफाई पछि यात्रा केहि सहज भएको माडीबासी श्रीप्रसाद दवाडीले बताउनुभयो । हुलाकि सडक–खण्ड अन्र्तरगत निकुञ्ज भित्र कसरा देखि बनकट्टा सम्म ११ किलोमिटर दुरी रहेको छ । विहान ४ बजे देखि रात ११ बजे सम्म यो सुविधा प्राप्त बाटो सर्वसाधारणले प्रयोग गर्न पाउछन् । बांकी समय भने जनावरले प्रयोग गर्न पाउनुपर्ने भन्दै निकुञ्जले सर्वसाधारणका लागि रोकलगाएको हो । आपत्कालिन अबस्थामा भने निकुञ्जको अनुमती लिएर रातीको समयमा पनि बाटोको प्रयोग गर्न सकिने निकुञ्जले जनाएको छ । बाटो छेउ–छाउको झाडी फाडेर निकुञ्जले राम्रो काम गरेको भन्दै अब बाटोलाई फराकिलो पारेर स्तरोन्नतीका लागि पनि निकुञ्जले काम थाल्नुपर्ने सर्वसाधारणको भनाई रहेको छ । तत्कालिन बन मन्त्री मातृका यादवले सडक–खण्डमा पर्ने रुखहरु काटेर बाटो फराकिलो पार्न निर्देशन दिएका थिए । सो निर्देशन अनुसार केहि रुखहरु काटिए पनि यादबको मन्त्रीको कार्यकाल सकिए सगै रोकिएको रुख काट्ने र बाटोको स्तरोन्नती गर्ने कार्य अझै सम्म पनि अगाडी बढ्न सकेको छैन् । पर्सा जिल्लाको विजयबस्ती, ठोरी लगायतका ठाउँबाट यहि सडक–खण्ड भएर राजधानी काठमाण्डौ, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा सार्वजनिक सवारीचलिरहेका छन् । भरतपुर–माडी–ठोरी सडक–खण्डको अधिकाशं भाग पक्कि रहेको र बाकी केही भाग पनि पक्कि गर्ने क्रम चलिरहेता पनि निकुञ्ज खण्डमा पिच गर्ने प्रक्रिया निकुञ्जको नियमावली अवरोधका कारण अगाडी बढ्न सकेको छैन् ।