चितवनमा संरक्षणमा अग्रसर गराउन ‘संरक्षण सुचना चौतारी’ (तस्वीरसहित)

चितवन, ०७ असोज । चितवनमा पहिलो वन वनयजन्तु संरक्षणका लागि ‘संरक्षण सूचना चौतारी’ निर्माण गरिएको छ ।
संरक्षणमा नागरिकको सहभागिता बढाउन चितवन राष्ट्रिय निकुञ्ज र सुरक्षार्थ खटिएको श्रीजग गणको पहलमा निकुञ्ज मुख्यालय नजिक माडी प्रवेशद्धारमा ‘संरक्षण सूचना चौतारी’ निर्माण गरिएको हो ।
संरक्षणमा आम जनतालाई वन र वन्यजन्तु संरक्षणमा लागि जनचेतना बढाउन संरक्षण चौतारी निर्माण गरिएको चितवन निकुञ्जका प्रवक्ता एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
चौतारीमा विभिन्न जानकारीमुलक विषयबस्तुहरु राखिएको र तथा कुनै वन्यजन्तु तथा वन सम्वन्धीका बृत्तचित्र समेत प्रदर्शन गन राखिएको छ । जहां सर्व साधरणले सहज रुपमा संरक्षण प्रति अग्रसर बन्ने श्री ज.ग गण कसराका प्रमुख सेनानी एवं गणपति माधव थापाले बताए ।
चौतारिएमा आएका सर्वसाधारण नागरिक तथा संरक्षणकर्मीहरुका लागि अध्ययन गर्न पर्चा, पम्प्लेट, विभिन्न विषयका पुस्तक, महत्वपूर्ण जानकारी तथा सुचनाहरु लिन सकिनउनले बताए ।
संरक्षणमा स्थानियको सहभागिताका लागि संरक्षण चौतारी बनाईएको उनले बताए ।
निकुञ्जले संरक्षण जनसहभागिता विना संभव नभएको निष्कर्ष निकाल्दै स्थानिय तथा मध्यवर्ती उपभोक्ताहरुसँग मिलेर काम गर्दै आएको छ ।
जसका कारण अहिले चोरी शिकारका घटनामा न्युनिकरण भएको निकुञ्जको भनाई छ ।