१४ जनालाई सुनको सिक्का, २४ लाई मोवाइल

नारायणगढ, असोज ६ । ए टू जेड मोवाइल फेस्टिवल मेला अन्तर्गत विहीबार १४ जना ग्राहकले सुनको सिक्का र २४ जना ग्राहकले मोवाइल फोन उपहार पाएका छन् ।
मेलामा मोवाइल खरिद गर्ने र अवलोकन गर्नेको भीड लागेको छ । असोज १ गतेदेखि ७ गतेसम्म हुने मेलामा मोवाइल खरिदमा विभिन्न उपहार योजना ल्याइएको छ । शुक्रबार मेलाको अन्तिम दिन रहेको आयोजकले जनाएको छ ।day-3-paper-ad
एटुजेड मोवाईल हाउसको दोस्रो स्वरुम केएल मल लायन्सचोकमा र तेस्रो स्वरुम टाँडी चोक रत्ननगरमा मेला भइरहेको छ । मोवाईल खरिदमा ५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था, मेला अवधिभर अत्याधुनिक मेसिन र प्रविधिको प्रयोगबाट निःशुल्क मोवाईल मर्मत, हरेक मोवाईल खरिदमा आकर्षक उपहारका साथै हरेक दिन सुनको सिक्का उपहार र बम्पर उपहार अन्तरगत भाग्यशाली एक ग्राहकलाई फ्यासिनो स्कूटर प्रदान गरिने मोवाइल हाउसका संचालक दिवाकर गुरुङले बताए ।
सामाजिक उत्तरदायीत्व अन्तरगत स्पोन्सरको ५ प्रतिशत रकम बालबालिकाहरुका लागि नागरिक प्रहरी अभियान (पीटुसिटु) मा आवद्ध सडक बालबालिकाहरुलाई सहयोग प्रदान गरिने मोवाईल हाउसले जनाएको छ ।
यसअघि पनि यस संस्थाले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ । ग्राहकको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै मोवाइल मेलाको आयोजना गरिएको ए टू जेड मोवाइल हाउसका संचालक दिवाकर गुरुङले बताए ।