असोज १० गतेदेखि मुग्लिङ नारायणगढ सडकको खाल्डा खुल्डी पुरिने

 चितवन, ०५ असोज ।  चाड पर्वलाई ध्यान दिँदै असोज १० गतेसम्म मुग्लिङ नारायणगढ सडक खण्डमा यातायात सहज पारिने भएको छ । सडक विस्तारका क्रममा वर्षायामसँगै खाल्डाखुल्डीयुक्त भएको बाटोलाई पुरेर असोज १० गतेदेखि सडकमा सहज रुपमा सवारी चल्ने व्यवस्था मिलाइने ठेकेदारहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको बैठकमा नारायणगढ मुग्लिङ सडक सुधार आयोजनाका प्रमुख चन्द्र नारायण यादवले असोज ८ गतेसम्म उक्त सडक खण्डका सम्पूर्ण खाल्डाखुल्डी पुरिने र १० गतेसम्म सडक ग्रडिङको काम सक्ने जानकारी दिए । उक्त सडकमा जिल्ला ट्रफिक प्रहरी कार्यालय विभिन्न ३२ स्थानलाई दुर्घटनाग्रस्तको क्षेत्रको रुपमा पहिचान गरि न्यूनीकरणको लागि पहल गर्न दिएको सुझाव अनुसार काम अगाडि बढेको यादवले बताए । हालसम्म उक्त स्थानमा ४० प्रतिशत काम सकिएको र असोज १० गतेसम्म दुर्घटना न्यूनीकरणको लागि गरिएको काम सत प्रतिशत पुरा हुने यादवले बताए ।

लेन मिच्नेलाई तुरुन्त कारबाही गर्नका लागि आग्रह गर्दै यादवले दसैँ भरीमा उक्त स्थानमा यातायात अवरुद्ध नहोस् भनेर सावधानीका कामहरु समेत सञ्चालन गरेको बताए ।आँपटारीदेखी मुग्लिङसम्मको करिब ३४ किलो मिटर क्षेत्रफलमा विभिन्न तीन वटा कम्पनीहरुले सडक सुधारको काम गरिरहेका छन् । बैठकमा सहभागी भएका तीन वटै कम्पनीका प्रतिनिधिहरुले धेरै लोड बोकेका सवारी साधन र पानी परिहेका कारण सडक बिग्रिएको बताए । बारम्बार पहिरो खस्नु र साँघुरो बाटोको कारण समेत सडक अवरुद्ध हुने गरेको निर्माण कार्यमा सहभागीहरुको भनाइ छ । अगस्ट ३१ सम्म ३३ दशमलब ४२ प्रतिशत सडक निर्माण भइसक्नुपर्ने भए पनि २५ दशमलब ७१ प्रतिशत मात्र निर्माणको काम भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । उक्त स्थानमा हाmuglin_pahiroल बारम्बार सडक अवरुद्ध हुने भएकाले यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।