कायाक म्याराथुनमा सोमबहादुर पहिलो

नवलपरासी, ३ असोज । नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसन नवलपरासीले आयोजना गरेको प्रथम राष्ट्रिय कायाक म्याराथुन प्रतियोगिता २०७३ मा तनहूँका सोमबहादुर मगर पहिलो भएका छन् ।
14360483_1087500184673219_1205896145_oचितवनको जुगेडीबाट नवलपरासीको थुम्सीसम्मको करिब २० दुरी एक घण्टा तीन मिनेट २६ सेकेन्डमा पार गर्दै मगर पहिलो भएका हुन् । त्यसैगरी, उक्त दुरी एक घण्टा तीन मिनेट ३३ सेकेन्डमा पार गर्दै तनहूँकै खेम बहादुर थापा दोस्रो भएका छन् । प्रतियोगिता अन्तर्गत चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहूँका भरत गुरुङ चौथो र चितवनका सविन गुरुङ पाँचौँ भएका छन् ।
प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका करिब २७ जना खेलाडीले भाग लिएका थिए । त्रिशुली नदी र नारायणी नदीको क्षेत्रलाई प्रतियोगिता स्थल बनाएर नवलपरासीले पहिलो पटक उक्त सहासिक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो भएका सोमबाहादुरले १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र, दोस्रो भएका खेमबहादुरले १२ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र, तेस्रो हुने राजेन्द्रले आठ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तथा चौथो भएका भरतले पाँच हजार रुपैयाँ र पाँचौँ भएका सविनले तीन हजार रुपैयाँ पुरस्कार हात परे ।
नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसनका केन्द्रीय अध्यक्ष मानबहादुर न्यौपानेले पानीमा खेलाइने साहासिक खेलबाट आन्तरिक तथा बाह्य पर्यटन पवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताए । यसरी क्यानोइङ प्रतियोगिता गर्दा खेल पर्यटनको समेत प्रवद्र्धन हुने न्यौपानेको भनाइ छ । कार्यक्रमको अध्यक्षता नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसन नवलपरासीका अध्यक्ष शिव कुमालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह रहेका थिए ।

14393990_1087500208006550_978090172_o