विश्वकर्मा बचतको चौथो साधारणासभा सम्पन्न

चितवन, ३ असोज । भरतपुरको नारायणगढमा रहेको विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार नारायणगढमा भएको साधारणसभाका अवसरमा संस्थाका कर्मचारी तथा बचतकर्ता र शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारणसभाका अवसरमा संस्थाका व्यवस्थापक दिलु बि.क. कर्मचारीहरु गीता गहतराज र प्रदिप विश्वकर्मालाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो । त्यसैगरी, ज्येष्ठ शेयर सदस्यका रुपमा शेर बहादुर बिके, उत्कृष्ट बचतकर्ताका रुपमा यम बहादुर बिके, असल ऋणी तर्फ सानुबाबु बिके, रत्नदेवी श्रेष्ठ र असल बचत कर्ताको रुपमा ईश्वरलाल रामुदामुलाई सम्मान गरिएको थियो ।
14424008_1087455268011044_974917905_oसाधारणसभामा प्रमुख अतिथिको रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य भीमप्रसाद तिवारीले सहकारी संस्थाहरु बलियो बन्नुपर्ने बताए । ऐन र नीति नियममा रहेर आफूले पाएको जिम्मेवारी पुरा गर्न सकेका सहकारीहरु नै विश्वसनीय हुने तिवारीको भनाइ थियो ।
साधारणसभामा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र बहादुर खड्का, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार शेर बहादुर पौडेल, विश्वकर्मा सेवा समितिका देवीराम विक, सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति बिक, सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अर्जुन रसाइली, संस्थापक अध्यक्ष प्रेम कुमार सुनार र शेयर सदस्यको तर्फबाट रुवेन रामुदामुले मन्तव्य राखेका थिए ।
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष यमबहादुर बिकेको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष बिपेन्द्र रामुदामुले स्वागत मन्तव्य राखेका थिए ।