मानव धर्म सेवा समितिको रक्तदान

चितवन, ३ असोज ।बढ्दो रगत अभावलाई मध्यनजर गर्दै नेपाल मानव धर्म सेवा समिति नारायणगढले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको ६६औँ जन्म दिनको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरिएको हो । हंस कीर्ति आश्रम नारायणमा आयोजन गरिएको रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७९ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको हंस कीर्ति आश्रम नारायणगढकी महात्मा पुनित बाइजीको संयोजकत्वमा भएको थियो । मानवीय सेवामा अग्रसर हुँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

14394048_1163700183672836_1151805933_o

.