मुग्लिन-नारायणगढ सडकको काम रोकिने
चितवन, ०३ असोज । दसैं अवधिभर मुग्लिन-नारायणगढ सडक खण्डको काम स्थगन हुने भएको छ । सडक विभागले असोज १० गतेदेखि ३० गतेसम्मका लागि सडक खण्ड निर्माणको काम स्थगित गराउने लिखित प्रतिबद्धता गरेको नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।
दसैंमा काठमाडौं बाहिरिनेहरुका लागि नारायणगढ-मुग्लिन सडक खण्ड महत्त्वपूर्ण बाटो हो । त्यसैले दसैंभरी यो सडक निर्माण कार्य स्थगित गर्ने सहमति भएको छ उनले भने । यो यात्रुको सहजताका लागि यो वेला पनि सडक निर्माण रोकिने भने दशैका लागि चढेका यात्रु दशैपछि मात्र घर पुग्ने अवस्था आउछ ।