अरोमा उच्च माविकी सञ्ज नेपाल प्रथम

चितवन । उच्च माध्यामिक शिक्षा परिषदले २०७३ सालमा लिएको कक्षा १२ को परीक्षामा अरोमा इंग्लिस उच्च माविमा अध्ययनरत सञ्जु ढकाल ब्यवस्थापन संकायतर्फ नेपाल प्रथम भएको विद्यालयले दाबी गरेको छ ।sanju सञ्जुलेपाँच सय पूर्णांकमा चार सय ५२ (९० दशमलव चार प्रतिशत) अंक ल्याएकी छिन् । कक्षा ११ को परीक्षामा ७६ दशमलव ८ प्रतिशत अंक ल्याएकी सञ्जुले धेरै मेहनत गरेका कारण नेपाल प्रथम हुन सफल भएकी अरो मा उमाविका प्राचार्य शेरबहादुर क्षेत्रीले बताए । यसैगरी अरोमामा अध्ययनरत रेनुका गुरुङ जिल्ला द्वितीय र विधान पौडेल जिल्ला तृतीय हुन सफल भएको क्षेत्रीले बताए । गुरुङलेचार सय ४१ अं क (८८ दशमलव दुईप्रतिशत) र पौडेललेचार सय ३७ (८७ दशमलव चार प्रतिशत) अंक ल्याएका छन् । परीक्षामा ९० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ । अरोमाका विद्यार्थीले २०७० सालकोकक्षा ११ को परीक्षामा छात्र र छात्रा तर्फ जिल्ला प्रथम, २०७१ सालको कक्षा १२ को परीक्षामा ब्यवस्थापन संकार्य तर्फ जिल्ला प्रथम, द्वितीय स्थान हासिल गरेका थिए । यसै गरी २०७२ सालमा कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फ जिल्ला प्रथम भएको प्राचार्य क्षेत्रीले बताए ।