यसरी भो स्मल हेभन बोर्डिङको बस दुर्घटना (तस्वीरसहित)

चितवन, असोज २ । स्मल हेभन बोर्डिङ स्कूल कल्याणपुर चितवनको बस दुर्घटना भएको छ । आज अपरान्ह विद्यालय छुट्टी पछि विद्यार्थी पुर्याउन हिडेको ग १ क २९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

14390974_10153746711811050_3565850722442168415_n 14316704_10153746711626050_4059894023011127558_n 14316991_10153746712031050_1623924178202335829_n 14322237_10153746711306050_8134625566662522178_n 14330158_10153746711421050_5708817742331827722_n14344796_10153746711726050_6259662582825610057_n
कल्याणपुरबाट भरतपुरको चौविसकोठी तर्फ आउँदै गरेको सो बस वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नजिकै पल्टिएको हो । बस दुर्घटनामा हुँदा सवार २३ जना विद्यार्थी र एक जना रेखदेल गर्ने महिला घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । तस्वीर : चन्दन अग्रवाल