रेवान सौराहाद्धारा डिसपी रञ्जितकारलाई स्वागत

चितवन, असोज २ । सौराहाका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी नारायण रञ्जितकारलाई स्वागत गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल सौराहा,सौराहा जेसिज , बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले हालै सरुवा भई आएका डिएसपी रञ्जितकारलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।14322367_315198098839237_4458986320410133559_n

स्वागत कार्यक्रममा वोल्दै डिएसपी रञ्जितकारले सौराहाका व्यवसायी र संरक्षणकर्मीसंग सहकार्य गरी पर्यटन प्रर्वद्धन गर्ने प्रतिवद्धता जनाए । सौराहामा कहिले काँही गलत क्रियाकलाप हुने गरेको भन्दै त्यस्तालाई नछाड्ने डिएसपी रञ्जितकारले वताए । सो अवसरमा रेवान सौराहाका अध्यक्ष राजन भट्टले गलत काममा दवाव नदिने भन्दै पर्यटन मैत्री प्रसासन वनाउन डिएसपी समक्ष आग्रह गरे ।

उनले रातको १२ वजे सम्म होटल तथा रेष्टुरेन्ट संचालन गर्न दिनका लागी भुमिका खेल्न सुझाव दिए । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी,चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक चौधरी,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,सौराहा जेसिजका प्रथम उपाध्यक्ष सुर्य तामाङ,रेवानका महासचिव दिपेन्द्र खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम रेवानका अध्यक्ष लालवहादुर भट्ट राजनको अध्यक्षतामा भएको थियो ।

.