प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन भोलि न्यूयोर्क जाने । 

२ असोज, काठमाडौं ।images

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी छन् ।यस्तै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल छन्। टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मा पनि सहभागी हुनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत पनि टोलीमा सहभागी हुनुहुनेछ । प्रतिनिधिमण्डलमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनुहुनेछ ।न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रचण्डले राष्ट्रसंघ महासचिवलार्इ भेट्ने

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्नु तय भएको छ । प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिने कार्यक्रम छ ।न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड महासभामा भाग लिने सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।महासभाको अवसर पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा महत सहभागी हुनुहुनेछ । सोही अवसरमा परराष्ट्रमन्त्री डा महतले छिमेकी राष्ट्रका विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अति कमविकसित, विकासशील, जी–७७ तथा अन्य साझेदारसँग दिगो विकास लक्ष्यपछिका विकास एवम् जलवायु परिवर्तनलगायतका विषयमा विभिन्न तहमा छलफल गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।

महासभामा नेपालले जलवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।जलवायु परिवर्तनको असरबाट नेपाललगायतका मुलुकले भोग्नुपरेको समस्या, हिमालय पर्वतदेखि तटीय क्षेत्रका मुलुकसम्म आइपरेको समस्या र त्यसबाट आइपर्नसक्ने सम्भावित क्षतिलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्तासहितको एकीकृत कार्यक्रमका पक्षमा आफ्नो धारणा राख्ने तयारी गरिएको छ ।

विश्व शान्ति स्थापनामा नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा खेलेको भूमिका र राम्रो सम्बन्धका कारण पनि अल्पविकसित मुलुकका मुद्दा नेपालको प्राथमिकतामा पर्ने विश्वास लिइएको छ । नेपालले विगत साढे पाँच दशकदेखि विश्व शान्ति स्थापना कार्यमा ४० भन्दा बढी मुलुकमा खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत आइतबारै नयाँ दिल्लीबाटै न्युयोर्क प्रस्थान गरिसेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणमा रहनुभएका मन्त्री महत दिल्लीको औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहानै न्युयोर्क प्रस्थान गरेका हुन् ।न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ ।रासस