पुर्बी चितवनमा एक बालिकाको शव भेटियो ।

सुदिप देवकोटा \सुर्य घिमिरे असोज २, चितवन ।
पुर्बी चितवनमा एक बालिकाको शव फेला परेकोे छ । खैरहनी नगरपालिका वडा न १३ बैरिया निवासी ७ महिनाकी प्रबिना न्यौपानेको शव फेला परेको छ । घरबाट ५०० मि को दुरीमा रहेको स्थानिय नलप्रसाद भुषालको इनारमा बालिकाको सब भेटिएको हो । बालिकाको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । बालिकाको आमा ३५ बर्षिया पार्वती न्यौपाने पनि बेपत्ता भएकी छन् । आइतबार बिहान करिब ४ बजेको समयमा आमा र छोरी बेपत्ता भएका थिए आमाको आबस्था भने अझै अज्ञात रहेको छ । खोजि कार्य जारी रहेको प्रहरीलाई उदृत गर्दै हाम्रा सहकर्मी सुर्य घिमिरेले बताएका छन् ।download