टिकौली जंगलमा भयानाक र्दुघटना (तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य / शरद आचार्य 

२ असोज, चितवन। चितवनको टिकौली जंगलमा आइतबार दिउँसो तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दिउँसो ट्रिपर, कुखुराको चल्ला बोक्ने बोलेरो र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार विरामीका आफन्त रत्ननगर १ का बर्ष ३३ का माधव चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।tikalu-accdient

 

पश्चिमबाट पूर्व गइरहेको ना ६ ख ४५७३ नम्बरको ट्रिपरले सोही दिशामा गइरहेको ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । सोही स्थानमा बा ११ च ८०४७ नम्बरको कुखुराको चल्ला बोक्ने भ्यान पनि फेरि ठोक्किएको थियो ।tikalu-accdient-1

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा एम्बुलेन्स चालक तनहुँ जिल्ला देवाघट ३ का बर्ष ३० का उत्तमकुमार झुजेल र चितवन जिल्ला खैरहनी निवासी बर्ष ४२ का केबल महत्तोको कलेज अफ मेडिकल साईन्सेज् (पुरानो मेडिकल कलेज) मा र बोलेरो चालक चितवन जुटपानी ४ का ३५ बर्षका खेमबहादुर गुरुङ्ग र चितवन घर भएका ४० बर्षका नथुराम दराईको चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा उपचार भईरहेको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । ट्रकले एम्वुलेन्सलाई ठक्कर दिदा पछि अनियन्त्रीत हुँदा पछाडीबाट आउँदै गरेको कुखुरा वोक्ने  बा १ च ८०४७ नम्वरको वोलेरो ट्रकमा ठोकिन पुगेको थियो ।  घटना कसरी भएको हो भन्नृे सम्बन्धमा एक टोली नै घटनास्थालमा पुगी अनुसन्धान गरिरहेको छ । यस अघि गत साता मात्रै पूर्वी चितवनको पिप्लेमा पनि यस्तै घटना भएको थियो ।