कालिका एफ.एम .तथा टिभि कालिकाको वार्षिकोत्सवका कार्यक्रमहरु आज देखि सुरु

चितवन,असोज १
चितवनको कालिका एफ।एम तथा टिभि कालिकाको वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमहरु आज देखि सुरु भएको छ ।हरेक वर्षझै देवघाटमा रहेका वृद्धवृद्धाहरुको आशिर्वाद लिदै आजबाट कार्यक्रमहरुको सुरुवात गरिएको हो । एफ।एमले देवघाट समाज केन्द्रमा रहेका ३५ जना वृद्धवृद्धालाई सम्मान समेत गरेको छ । कार्यक्रममा आश्रमका ज्येष्ठ नागरिक १ सय ९ वर्षीय लक्ष्मी ठकुरी प्रमुख अतिथि वनाइएको थियो ।हरेक वर्ष आफनो बार्षिकोत्सवको अवसरमा कुनै न कुनै नयाँ कार्यक्रम ल्याउने कालिका एफ एम प्रा लि ले यस वर्ष १४ औ वार्षिकोत्सवमा ४ वटा नयाँ कार्यक्रम थप गरेको छ । यस पटक थप भएका नयाँ कार्यक्रममा अपाङता भएका ब्यक्तिहरु विच वक्तृत्वकला प्रतियोगिता, सडक बालबालिकाको लागि प्रतिभा प्रष्फुटन र हाम्रो घर र14372328_1200850253304324_8758040112842900047_o पिटिुसिटुलाई सम्मान, चितवनको आर्थिक विकासको लागि उधमीहरु विच अन्र्तक्रिया र चितवनका विभिन्न संस्थामा आवद्ध महिला विच फुटसल प्रतियोगिता रहेका छन् ।

कालिका एफ एम की स्टेशन मेनेजर रिना गुरुङले अपाङता भएका ब्यक्तिहरुको बोल्नेकलामा निखार ल्याउन र उनिहरुको हौसला बढाउने उद्धेश्यले वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनु भयो । यस्तै उहाँले सडक बालबालिकाहरुलाई पुर्नस्थापनामा लागि परेका २ संस्थालाई सम्मान गर्दै त्यस संस्थामा रहेको बालबालिकाको प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्धेश्यले सडक बालबालिकाको लागि कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।आर्थिक विकासमा समेत योगदान पुर्याउने उद्धेश्यले यस पटक चितवनमा दिगो आर्थिक विकासमा उधमीहरुको भुमिका सम्वन्धी अन्र्तक्रिया गरि एउटा निष्ष्कर्ष निकाल्ने गुरुङले वताउनु भयो ।यस्तै अन्य कार्यक्रमहरुमा आमा समुह हाजिरी जवाफ, राष्ट्रिय पन्चे तथा गन्र्धव बाजा, साहित्य संगम, सेवा निवृतहरुको प्रतिभा प्रस्फुटन, अन्तर कर्मचारी खेलकुद, कालिका दशै धमाका , बृहत लोक दोहोरी तथा सास्कृतिक कार्यक्रम र कार्तिक ७ गते कालिका म्युजिक अवार्ड सहित समापन गरिनेछ ।