चितवनमा ए टू जेड मोवाइल मेला सुरु

चितवन, असोज १–a2z
चितवनमा ए टू जेड मोवाइल फेस्टिवल मेला आज ९शनिबार०बाट सुरु भएको छ । असोज ७ गते सम्म चल्ने मेलाको नारायणगढस्थित केएल मलमा रहेको शो रुममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गरेका थिए ।त्यस्तै टाँडी शो रुममा भएको उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुरालले उद्घाटन गरेका थिए । चाडपर्वको अवसर पारेर आयोजना गरिएको मोवाइल मेलाले आम ग्राहकको मन जित्न सफल हुने उनीहरुले विश्वास व्यक्त गरेका थिए ।शनिबार पहिलो दिनमा नै केही ग्राहकले सुनको सिक्का प्राप्त गरेका छन् । त्यस्तै केहीले मोवाइल सेट तथा अन्य उपहार प्राप्त गरेका छन् । हरेक मोवाइल खरिदमा हात खालि नजाने उपहार योजना ए टू जेडले ल्याएको छ । ग्राहकको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै मोवाइल मेलाको आयोजना गरिएको ए टू जेड मोवाइल हाउसका संचालक दिवाकर गुरुङले बताए ।

टाँडी शो रुममा कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुरालले मोवाइल खरिद गरी उपहार योजना अन्तर्गत पनि मोवाइल प्राप्त गर्न सफल भएका थिए । मेलामा बहुचर्चित मोवाइल ब्राण्डहरु सामसङ, हुवावे, कलर्स विक्रीका लागि राखिएको छ । त्यस्तै मोवाइल मर्मत र आवश्यक एसेसोरिज पनि उपलब्ध रहेको संचालक गुरुङले बताए ।