बरालको अध्यक्षतामा क्रान्तिकारी पत्रकार महासंघ चितवन गठन

असोज १, चितवन

क्रान्तिकारी पत्रकार महासंघ चितवनको आज भएको भेलाले सूर्य बरालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितीको सचिवमा सरोज उपरकोटी र कोषाध्यक्षमा प्रेम कंडेल चयन हुनुभएको छ । समितीको सदस्यहरुमा रोशन थापामगर, विनय ढुंगाना, कृष्ण परियार र अनिता वि.क चयन हुनुभएको छ । भेलाले दुई जना सदस्य पछि थप गर्ने निणर्य गरेको सचिव उपरकोटीले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादीका चितवनका जिल्ला सेके्रटरी सुरेश गौतमको प्रमुख आतिथ्यता सम्पन्न भेलामा पार्टीका फ्याक्सन ईन्चार्ज अशोक शर्मा , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य शंकरप्रसाद सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

भेलाले चितवनका विभिन्न संचार गृहहरुमा कार्यरत क्रियाशील पत्रकारहरुलाई सदस्यता सिफारिस नगरिएको र कतिपय गैर पत्रकारहरुलाई प्रभाव र क्रिपावादको आधार दिईएको सदस्यता खारेजीको लागि पत्रकार महासंघ चितवन शाखामा ज्ञापनपत्र बुझाउने ,सदस्यता विस्तार गर्ने अभियानलाई तिव्र रुपमा संचालन गर्ने लगाएतका निर्णय गरेको छ ।