रत्ननगरमा भौतिक शास्त्र प्रवचन गोष्ठि

अनिल दराई,असोज ०१
रत्ननगर – १९ मा रहेको टरौली सामुदायिक पुस्तकालयको आयोजनामा आज (शनिबार) भौतिक शास्त्र प्रवचन गोष्ठि सम्पन्न भएको छ । भौतिक शास्त्र पुनःनिर्माण अभियान चितवन शाखाको प्रस्तुतीमा कार्यक्रम भएको हो । विश्वभर आर्किमिडिजको सिद्धान्तको आलोचना भईरहेको अवस्थामा जनमासमा पुष्टि गर्न कार्यक्रमले मद्दत गर्ने unnamedशाखाकी अध्यक्ष आश्रिया परियारले बताउनुभयो ।कार्यक्रममा शाखाकी अध्यक्ष आश्रिया परियार र सचिव सन्तोष चौधरीले आर्किमिडिजको सिद्धान्तलाई प्राक्टिकल रुपमा प्रस्तुत गर्दै प्रमाणित गरेर देखाएका थिए । सो अवसरमा सहभागिहरुको प्रश्नको जवाफ शाखाकी अध्यक्ष आश्रिया परियारले दिनुभएको थियो ।सो अवसरमा के.आर.पि. म्युजिक सेक्सनका कलाकारहरुले गित , संगित तथा गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा झुवानी उच्च माविका पुर्व प्रधानाध्यापक घनश्याम पौडेल , पुर्वि चितवन साहित्य समाजका अध्यक्ष मनोज चौधरी , सदस्य सागर मिश्र , सदस्य तथा संचारकर्मी अनिल दराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । शाखाका सदस्य मिथुन कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सचिव सन्तोष चौधरीले सञ्चालन गरेका थिए । कार्यक्रम टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।