पोल्ट्री कल्याणकारी संघमा सापकोटा निर्वाचित

चितवन, ०१ असोज । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको अध्यक्षमा जयकृष्ण सापकोटा निर्वाचित भएका छन् । सापकोटासँग भूपेन्द्र कर्माचार्य पराजीत भएका हुन् । अध्यक्षमै श्रीकृष्ण तिमिल्सिनाले पनि उम्मेदवारी दिएका थिए । उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।kukhure-800x445
शुक्रबार नारायणगढमा सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा हरिशरण लोहनी, प्रथम उपाध्यक्षमा रामकृष्ण अर्याल, द्वितीय उपाध्यक्षमा मनोज रानाभाट, महासचिवमा सुमन जोशी, सह–महासचिवमा रामशरण सिंखडा, सचिवमा विष्णु ढकाल, सहसचिवमा लीला कुँवर र कोषाध्यक्षमा महेश्वर पोखरेल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा जनार्दन अधिकारी, सुदर्शन जोशी, शिव लोहनी, सुदनलाल जोशी, राजन कँडेल, सुवर्ण घिमिरे, हरि न्यौपाने, उद्धव थापा र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।jaya-krishna-sapatakota
कार्यक्रममा सञ्चार क्षेत्रमा रहेर पोल्ट्री व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार पुनम गौतमलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
यसअघि उद्घाटन सत्रमा संघका महासचिव रामकृष्ण अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चितवन र नवलपरासीको नवलपुरलाई कार्यक्षेत्र बनाएर कार्य गरेको जानकारी दिए ।
संघले हाल देशभरिका व्यवसायीलाई आवद्ध गराउने व्यवस्था गरेकोसमेत उनले बताए । पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको कारोबार गर्ने सप्लायर्स तथा व्यवसायीहरु उल्लेख्य रहेको बताउँदै उनले कुखुरा व्यवसाय संवेदनशील व्यवसाय भएकाले गत वर्षको भूकम्पको सामना गर्नुपरेको बताए ।
संघले कुखुरा तथा चल्लाको ढुवानीमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न शीर्षकमा ६ बुँदे प्रस्ताव पेश गरेको छ । संघले गरेको प्रस्तावमा चल्लाको ट्रिप शुल्क सानो गाडीको ५ सय र ठूलो गाडीको एक हजार रुपैयाँ रहेको व्यवस्थालाई यथावत कायम गर्न प्रस्ताव गरेको छ ।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शंकरप्रसाद कँडेलले सबै व्यवसायीहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मञ्चका अध्यक्ष कँडेलले व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धाको भावना हुन नहुने बताए ।
कार्यक्रममा कोषाध्यक्ष सुमन जोशीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संघका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अण्डा व्यवसायी संघ चितवनका अध्यक्ष शिवराम केसीलगायत विभिन्न पोल्ट्री व्यवसायीहरुको सहभागिता रहेको थियो । संघले सामाजिक क्षेत्रका लागि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।