पाँचौँ राष्ट्रिय लाखे नाचको उपाधी इन्द्रपुर नेवा पुचः मोरङ्गलाई (तस्विरसहित)

राजेन्द्र आचार्य / शिव आचार्य
चितवन ०१ असोज । पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ को उपाधी इन्द्रपुर नेवा पुचः मोरङ्ग प्रथम भएको छ ।
देशभरबाट सहभागी ३२ टिमलाई पछि पार्दै उत्कृष्ट लाखे नाच मौलिक शैलीमा देखाउन सफल भएपछि इन्द्रपुर नेवा पुचः मोरङ्ग प्रथम स्थान हासिल गर्दै ७५ हजार रुपैया नगद, लाखे शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । 11
यस्तै प्रतियोगितामा भिमसेनस्थान मन्दिर गुठी दोलखा दोश्रो, रुरु क्षेत्र सांस्कृतिक समिति रिडी गुल्मी तेश्रो र बटार पासा पुचः बटार नुवाकोटाले सान्त्वना स्थान हासिल गर्न सफल भएको निर्णयक शैलेन्द्र कुमार पियाले जानकारी दिए ।
यस्तैदोश्रो हुने ५० हजार रुपैया नगद, तेश्रोले २५ हजार रुपैया नगर र सान्त्वना स्थान हासिल गर्ने १० हजार रुपैया नगरसहित लाखे शिल्ड र प्रमाणपत्र चितवन क्षेत्र नंं.–३ का सासंद कृष्णभक्त पोख्रेरलले प्रदान गरेका थिए । 22
लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आ–आफनो शैलीमा लाखे नाच देखाउन नेवार समुदाय विभिन्न झाँकी सहति चितवनमा जम्मा भएका थिए । जसका कारण चितवनको नारायणगढ पोखरा बसपार्क बिहीबार र शुक्रवार लाखे मय बनेको थियो ।
प्रतियोगितामा मोरङ, सुनसरी, खोटाङ, उदयपुर, धादिङ, तनहूँ, चितवन, गुल्मी, दाङ लगायतले विभिन्न जिल्लाबाट ३२ समूह सहभागी भएका छन् । नेवार समुदायको लाखे नाच संरक्षण गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रतियोगिताका संयोजक र्निजनलाल श्रेष्ठले बताए ।

66

पाँचौ पटक सम्म यो कार्यक्रमको आयोजना गर्दा सहभागीता र रुचि वढेको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाले बताए । सुरुमा प्रतियोगिता गर्दा ७ टिम मात्रै थिए, अर्को वर्ष १२, त्यसपछि १७ टिमहुदै अघिल्लो वर्ष २२ टिम सहभागी बनेकोमा यो वर्ष ३३ टिम सहभागी बनेका अध्यक्ष पियाले जानकारी गराए । 44
सहभागीहरुमध्ये बिहीबार १६ समूहले प्रस्तुती देखाएका थिए भने शुक्रवार १६ समुहले आ आफनो शैलीको लाखे नृत्य देखाएका थिए ।
वि स २०६४ सालदेखि प्रतियोगिताका रुपमा लाखेनाच चितवनमा गरिदै आइएको छ । नेवार समुदायले भूतप्रेत भगाउन लाखेनाच देखाउने परम्परा छ । नयाँ पुस्ताले संस्कृति नभुलोस् भनेर यस्ता प्रतियोगिता गरिएको राष्ट्रिय लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा प्रतियोगिताका मूल संयोजक निर्जनलाल श्रेष्ठलेजानकारी गराए । दुई दिने प्रतियोगितामा १६ लाख रुपैयाँ बडी खर्च भएको आयोजकले जनाएको छ । 5
प्रतियोगिता शुरु हुनु अगाडी आ आफनो मौलीक शैलीमा लाखे सहित र्याली निकालिएको थियो । प्रतियोगितामा आएका विभिन्न लाखे टोलीले तयारीको क्रममा वजारका विभिन्न भागमा वाजागाजा सहितको लाखे नृत्य देखाउदा वजार नै लाखेमय भएको थियो । दुई दिन सम्म चलेको प्रतियोगीतामा झाँकी सहितको लाखे नृत्य हेर्न दर्शकको भिड लागेको थियो ।

.