पत्रकार गौतम सम्मानित

चितवन, ३१ भदौं । सञ्चार क्षेत्रमा रहेर पोल्ट्री व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै बेसो टेलिभिजनकर्मी पत्रकार पुनम गौतमलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

20160916_182714

विगत ४ वर्षदेखि चितवनको सञ्चार क्षेत्रमा रहेर पोल्ट्री व्यवसायको विभिन्न क्रियाकलापमा पु¥याएको योगदानको उच्च मूल्याङकन गर्दै आयोजकले पत्रकार गौतमलाई पोल्ट्री पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले दिएको सम्मानले नेपाली पत्रकारिता क्षेत्रमा अझै काम गर्ने प्रोत्साहन बढेको पत्रकार गौतमले बताउनुभयो ।

.