आँपटारी सुकुम्बासी टोलका ९० प्रतिशत मानिस ज्यालामजदुरीमा गुजारा चलाउंदै

सरिता पौडेल
चितवन भदौं ३१ । चितवनको आपटारीमा रहेको सुकुम्बासीमा बस्तीका ९० प्रतिशत मानिसहरु ज्यालादारी गरेर जिवन गुजारा गर्ने गरको पाइएको छ । गंगाराम कलेजमा अध्ययनरत उद्यम विकास सहजकर्ता विद्यार्थी समुहले भरतपुरको आपटारीमा गरेको सहभागिमुलक ग्रामिण लेखाजोखामा यस्तो पाइएको हो । आपटारी इन्द्रेणी टोलमा रहेका यहाँका १सय घरधुरीमा गरिएको ग्रामिण लेखाजोखामा २ घरपरिवार अतिगरिब,४० परिवार गरिब ,५५ निम्न गरिब, ३ मध्यम रहेको पाइएको विद्यार्थी समुहको नेतृत्व गरेका सुवास विकले बताए ।sukumabase यहाँ कुनै पनि परिवार सम्पन्न नभएको अध्यननपछिको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीहरुले यो सुकुम्बासी बस्तीमा, धरातलिय अवस्थाको रेखाकंन, समय रेखा, सामाजिक नक्सा, स्रोत नक्सा, मौसमी पात्रो, सम्पन्नताको स्तरीकरणमा वर्गीकरण गरेर अध्ययन गरेका थिए ।
नेपाल सरकार उद्योग मन्त्रालय तथा संयुक्त राष्ट्रसंघ ९ग्ल्म्ए० को सहयोगमा सन् १९९८ सालदेखि नेपालका पिछडिएका जिल्लाहरुमा लद्यु उद्यम विकास कार्यक्रम सञ्चालन भईरहेको छ । गरिबी निवारणका लागि यस कार्यक्रमबाट स्थानीय स्रोत, स्थानीय बजारको माग तथा ग्राहकको चाहनामा आधारित उद्यम व्यवसाय सम्बन्धी सीप तालिम संचालन गरेर लघु उद्यम कार्यक्रम मार्फत गरिन्छ । यस कार्यक्रममा विशेषगरि ४० प्रतिशत जनजाती,, ३० प्रतिशत दलित, , बाकी ३० प्रतिशत सुकुम्बासी , पिछडिएको वर्ग,लोपोन्मुख, एकल महिला, द्धन्द्धपिडित,बेरोजगार युवा वर्ग संगै अपागंतालाई भएकालाई मुख्य प्राथमिकता दिइएको छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको यसमा सहभागि हुन पाउनेछन् ।
गंगाराम कलेज भरतपुर चितवनले गतबर्ष देखि उद्यम विकास सहकर्ताको तालिम सञ्चालन गर्दै आएको छ । १० महिनासम्म लिइने यो तालिमपछि रोजगारीको लागि बाटो खुल्ने विश्वास लिइएको कलेजका प्रिन्सिपल खेम बहादुर दर्जीले जानकारी दिनुभयो ।