प्रहरी नायब उपरिक्षकलाई रञ्जीतकारलाई रत्ननगरमा स्वागत 

चितवन, ३१ भदौ । ईलाका प्रहरी कार्यालय रत्ननगरमा पोखरा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भई आउनुभएका नया प्रहरी नायब उपरिक्षक नारायण रञ्जीतकारलाई रत्ननगर उद्योग वाणिज्य संघद्वारा एक कार्यक्रम विच स्वागत तथा अन्र्तक्रिया कार्यक्रा आयोजना गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष ज्ञान बहादुर विसुरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै यस क्षेत्रका शान्ति, सुरक्षाको निम्ति प्रहरी प्रशासनको ध्यान केन्द्रित हुनपर्ने कुरामा जोड दिदैं निजी क्षेत्र र प्रहरी प्रशासन विच हातेमालो गर्दै सहकार्य गर्न जरुरी रहेको बताउ“दै कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । dsp-ranjeetakar
यसै गरि संघका पूर्व अध्यक्ष्ँ राजेन्द्र कुमार श्रेष्ठले रत्ननगर उद्याग वाणिज्य संघको गतिविधि प्रस्तुत गर्दै रत्ननगर क्षेत्रलाई सुरक्षित प्रत्यानुभूति गराउनको लागि नवनियुक्त प्रहरी नायव उपरिक्षक नारायण रंजीतकारलाई अनुरोध गर्नुका साथै शान्ति सुरक्ष्ाँ व्यवस्थापन गर्नका लागि व्यवसायीहरुको तर्पmबाट पनि पूर्ण सहयोग रहने जानकारी गराउ“दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रत्ननगरमा शान्ति सुरक्षाको उचित व्यवस्थापन, यहा“ रहेका समस्याहरु एंव यसका समाधानका विषयमा खुल्ला छलफल गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रहरी नायव उपरिक्षक नारायण रंजितकारले विगतका दिनहरु देखि संघ र ईलाका प्रहरी कार्यालय विचको सम्बन्ध स्मरणिय एंव प्रशंसनीय रहेको बताउ“र्दै स्थानिय बासी एंव उद्योगी व्यवसायीहरुको साथ र सहयोग लिई प्रहरी प्रशासन अनुशासित र मर्यादित ढंगले अघि बढाउने र जनताले प्रत्यक्ष महशुस हुने गरी सुरक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
संघको कार्यसमिति सदस्य, पदाधिकारी, पूर्व अध्यक्ष हरिशरण पाठक, गोपाल कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष दिपक कुमार कर्माचार्य लगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिलकृष्ण श्रेष्ठले यस्तै छलफल तथा अन्र्तक्रिया कार्यक्रमको निष्कर्ष एंव स्थानिय वासी तथा उद्योगी व्यवसायी साथ, सद्भाव एंव सहयोगका साथ अघि बढ्न अनुरोधका साथ सफल कार्यकालको शुभकामनाका साथ धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

.