क्षेत्रीय होटल संघ तनहूको १० औ साधारण सभा सम्पन्न

विनोद श्रेष्ठ
तनहुँ, भदौ ३१ । गुणस्तरीय सेवा हाम्रो शुद्धता भन्ने मूल नाराका साथ क्षेत्रीय होटल संघ तनहुँको १० औ साधारणसभा विहिबार अकला मन्दिर परिषरमा सम्पन्न भएको छ । होटल एशोसियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य घनश्याम श्रेष्ठको प्रमुख आतिथ्य एवं क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष गणेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिध, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीको एवं होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।14394026_10209883478299293_457326334_o
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यथेस्ट पर्यटन सम्भावना बोकेको तनहु सर्वाङ्गीन विकास गर्न पर्यटन मात्र प्रमुख आधार रहको हुदाँ पर्यटकीय सम्पदाहरु यथासक्य पुननिर्माण गर्दै पर्यटन प्रर्वद्धन गर्नतर्फ सम्पुर्ण व्यवसायीहरु लाग्नुपर्ने बताउनुभयो । पुर्ननिर्माणमा लाग्ने खर्चमा केन्द्रबाट समेत आर्थिक सहयोग गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै उद्योग बाणिज्य संघ तनहुँका बरिष्ठ उपाध्यक्ष इश्वर विष्टले बाल मजदुर राखेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले त्यस्ता जदुरहरुलाई अनिवार्य रुपमा विद्यालय पठाउनुपर्नेमा जोड दिनुहुनुभयो । उहाँले होटल व्यवसायमा काम गर्ने मजदुरहरुलाई आवश्यक भएमा उवासंघ तनहुले कुक र वेटरको तालिम दिने बचन समेत व्यक्त गर्नुभएको थियो ।

प्रेस युनियन तनहूका अध्यक्ष ओमकार आचार्यले प्रशासनले होटल व्यवसायीहरुलाई लगाउदै आएको समयको हदबन्दि कम भएको भन्दै थप गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि हानका केन्द्रिय सदस्यलाई क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष गणेश श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएका थियो । कार्यक्रममा सटरभाडा व्यवसायी संघका अध्यक्ष विष्णु पराजुली, क्षेत्रिय होटल संघ तनहुका सचिव विकास खनाल, संस्थापक अध्यक्ष एवं सल्लाहकार राजकुमार श्रेष्ठ, कानूनी सल्लाहकार कमालामान वाग्ले, पुर्व अध्यक्ष प्रमोद खनाल, भुपु अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठ आदिले मन्तव्य राखेका थिए भने सचिव विकास खनाल र कोषाध्यक्ष राम जोशीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनहरु साधारणसभाबाट पारित भएको थियो