राज्यले सहयोग नगरेकाले सहकारी पछि परेको राष्ट्रिय सहकारी सघंका अध्यक्ष बडालको भनाई ।

अनिल भट्टराई भदौ ३१ चितवन ।
राष्ट्रिय सहकारी सघंका अध्य20160916_151229क्ष केशव प्रसाद बडालले सहकारीलाई राज्यले सहयोग नगरेकाले सहकारी पछि परिरहेको बताएका छन् । अध्यक्ष बडालले सहकारी र शेयर सदस्यको बृद्दि विकासका लागी शेयर पुजीं बृद्दि गर्नुपर्नेमा जोड दिएका छन् । सुर्य सहकारी सस्थां भरतपुर २४ को तेस्रो साधारण सभाको उद्घाटन गदै बडालले यस्तो बताएका हुन् ।
सभासद् तथा नेकपा एमालेका नेता समेत रहेका केशव बडालले सहकारी नागरिकको मातहत मार्फत सञ्चालन हुनुपर्ने बताए । उनले भने, समान विचार समान आर्थिक अवस्था र भौगोलिक समानता भएमा मात्र सहकारी निरन्तर चल्नेछ । अहिले सहकारी खारेज हुनुमा त्यस सहकारीको निकृयाता नै प्रमुख कारण रहेको टिप्पणी गरेका छन् ।
अहिले बैकं सरह सहकारी पुगिसकेको चर्चा चलिरहेको प्रसगं निकाल्दै सभासद बडालले सहकारी र बैकं कुनै पनि हालतमा एउटै हुन नसक्ने बताए । सहकारीको उद्गम स्थल चितवनले सहकारीमा देखिएका विकृतिलाई निरुत्साहित गर्दैै अगाडि बढ्नुपर्ने बताएका छन् । कार्यक्रम सुर्य सहकारी सस्थां भरतपुर २४ का अध्यक्ष बुद्दि प्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।