पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता सुरु (तस्वीरसहित)

चितवन, भदौ ३० । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संस्कृती सरक्षणका लागि राज्य चुक्दै गएको बताएका छन् । हाम्रो इतिहास कला सस्कृति हो उनले भने । तर यसैको संरक्षणमा राज्य चुक्दा लोप हुदै गएको छ ।main-pahoto-plz चितवनको नारायणगढमा बिहीबार पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ को उद्घाटन गर्दै उनले अबका दिन संस्कृति सरक्षण जनता आफै लागी र्पनुपर्ने बताए । साथै नेवारी जातिको लाखे नाच लाखे नाच राष्ट्रिय संस्कृतिको अंग बनिसकेको दावी गरे । 5
लाखे नाचको इतिहास लामो भएको भएपनि इतिहासकारहरुका अनुसार लाखे नाच भनेको भैरव नृत्य समेत भएको खनालले बताए । नेपालमा सबै भाषाभाषिका व्यक्तिहरु बसोबास गर्दै आएका र सबैमा भाइचारको व्यवहार भएको खनालले बताए । बुद्ध भूमि र शिव भूमि नेपाल भएकाले सबै जाति र समुदायका व्यक्तिहरु मिलेर बस्ने गरेका खनालको भनाइ थियो । 4477लाखे नाच हामी नेपालीहरुको पहिचान भएकाले यसलाई संरक्षण गर्नुपर्ने खनालले बताए । लाखे नाच नेपाली संस्कृतिको महत्वपूर्ण अंग भएकाले यसको संरक्षणमा सरकारले समेत विशेष पहल गर्नुपर्ने खनालको भनाइ थियो । आजको समाज साँधुरिदै गएकोले नेपालमा जति जाति, भाषाभाषि र समुदायका व्यक्ति भएपनि सबैभन्दा पहिले नेपाली भएको खनालले बताए ।22

नयाँ संविधान जारी भएपछि नेपाल एउटा समृद्धि र परिवर्तनको युगमा प्रवेश गरेको वरिष्ठ नेता खनालले बताए । ६२ सालपछि मुलुकलाई समृद्धि बनाउन लैजाने क्रममा नेपालमा एउटा राम्रो संविधान बनेको र अब यो संविधानलाई कार्यान्वयन गर्न ठूलो चुनौति खडा भएको खनालको भनाइ थियो ।

संविधान कार्यान्वयन गर्ने चुनौतिलाई समाधान गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको र जसको लागि मुलुकका ठूला पार्टीहरु एक ठाउँमा आउनुपर्ने खनालले जोड दिए । मुलुकमा अनेकन समस्याहरु समेत रहेको बताउँदै खनालले तिनलाई समाधानको लागि देशका प्रमुख शक्तिहरु एकजुट हुनुको विकल्प नभएको बताए ।11

बिहीबार उद्घाटन भएको राष्ट्रिय लाखे नाच प्रतियोगितामा मोरङ, सुनसरी, खोटाङ, उदयपुर, धादिङ, तनहूँ, चितवन, गुल्मी, दाङ लगायतले विभिन्न जिल्लाबाट ३२ समूह सहभागी भएका छन् । सहभागीहरुमध्ये बिहीबार १६ समूहले प्रतिष्पर्धा गर्नेछन् भने बाँकी समूहले शुक्रबार प्रतिष्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । 66प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख ३४ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रमा नेवाः देय् द्बु को केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह, नेकपा माओवादीका केन्द्रीय सदस्य गोपाल कुँवर, नेपाली काँग्रेस चितवनका कार्यवहाक अध्यक्ष भूपतिदास सापकोटा, नेकपा एमाले चितवनका प्रचार प्रसार विभाग प्रमुख अरुणपीडित भण्डारीलगायतले मन्तव्य राखेका थिए । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक निर्जनलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । तस्वीर : राजेन्द्र, आनन्द, कोमल, शरद