लाखे नाच्न आएका युवक नारायणीमा वेपत्ता

 

चितवन३० भदौ । चितवनमा आयोजित पाचौं राष्ट्रिय लेखा नाच प्रतियोगितामा सहभागी हुन आएका एक युवक नारायणी नदीमा वेपत्ता भएका छन् ।

धरान घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका अन्दाजी २२ वर्षका सौगात मोक्तान विहीबार दिउँसो वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

उनी बुधबार चितवन आएका थिए । गर्मी भयो भन्दै विहीबकार नुहाउन नदीमा गएका उनी दिउँसो दुई बजेदेखि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष तालिम प्राप्त टोली परिचालन गरिएको छ ।

.