इन्द्रदेव मार्गमा आयो एब्सल्यूट कम्प्यूटर तथा मोबाइल

चितवन, ३० भदौ । एब्सल्यूट कम्प्यूटर तथा मोबाइलको दोस्रो शाखा नारायणगढ स्थित इन्द्रदेव मार्गको माछापुच्छ्रे प्लाजमा सञ्चालनमा आएको छ । सोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गरे । ग्राहकलाई सहजताका लागि मोबाइल बजारका रुपमा परिचित इन्द्रदेव मार्गमा शाखा विस्तार गरिएको सञ्चालक अजय गौतमले बताए । ख्यातिप्राप्त ब्राण्डका मोबाइल तथा ल्यापटपहरु उचित परामर्श सहित बिक्रि वितरण गरिने उनको भनाई थियो । “बजारमा थुप्रै ल्यापटप तथा मोबाइल पसलहरु छन्, तर गुणस्तरीय सामान छनौट गर्न धेरै ग्राहक समस्यामा पर्छन्”, सञ्चालक गौतमले भने,“हामी उचित परामर्श दिएर गुणस्तरीय सामानहरु बेच्न प्रतिवद्ध छौं ।” चलेका ब्राण्डका मात्रै सामानहरु पाइने भएकाले ग्राहकलाई छनौटको समस्या नहुने उनको तर्क थियो ।
चाडपर्वलाई लक्षित गरि पसलमा नयाँ खरिदमा २५ प्रतिशतसम्म र मर्मतमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाइएको बताए । शहिचोक मेघामार्केटमा रहेको पहिलो सोरुमको सफलताले शाखा विस्तार गरिएको सञ्चालक धु्रव सापकोटाले बताए । तिहारसम्म हरेक सामान खरिदमा हात खाली नजाने उपहार सहितको व्यवस्था मिलाइएको जनाइएको छ ।