लायन्स क्लबको संयुक्त पद हस्तान्तरण

चितवन, ३० भदौ । लायन्स क्लब अफ चित्रवनको आयोजनामा लायन्स तथा लियो क्लबहरुको संयुक्त पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार भरतपुरमा आयोजना गरिएको संयुक्त पद हस्तान्तरण कार्यक्रममा चार वटा लायन्स तथा दुई वटा लियो क्लबहरुको पदहस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब तीन सय २५ बी टु का गभर्नर घनश्याम भट्टराईले यस वर्ष एउटा लायन्स क्लबले एउटा परियोजना ल्याउनुपर्ने बताए । लायन्स क्लबका नेतृत्वमा रहेका व्यक्तिहरुले हरेक दिन एउटा काम गर्नुपर्ने भट्टराईले बताए । लायन्स क्लबले लायन्स ब्लड बैंकको स्थापन गर्न लागेकोमा सब लायन्स सदस्यहरुले सहयोग गर्नुपर्ने भट्टराईको भनाइ थियो । परिवर्तनका लागि नेतृत्व भन्ने नाराका साथमा लायन्स क्लब स्थापना भएको भन्दै चितवनमा मात्र ७५ वटा लायन्स क्लबहरु स्थपना भएका भट्टराईले बताए ।
लायन्स क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । बुधबार भएको संयुक्त पद हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ चित्रवन, लायन्स क्लब अफ बालकुमारी कलेज, लियो क्लब अफ नारायणगढ चित्रवन, लायन्स क्लब अफ नारायणगढ लालीगुराँस, लायन्स क्लब अफ माडी, लियो क्लब अफ बालकुमारी कलेजको संयुक्त रुपमा पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ चित्रवनका वर्ष २०१५÷१६ का अध्यक्ष हर्षमान श्रेष्ठले वर्ष २०१६÷१७ का अध्यक्ष हरिकुमार राजभण्डारीलाई, लियो क्लब अफ नारायणगढ चित्रवनका वर्ष २०१५÷१६ का अध्यक्ष प्रवेश गौतमले वर्ष २०१६÷१७ का अध्यक्ष विकाश पाण्डेलाई, लायन्स क्लब अफ बालकुमारी कलेज वर्ष २०१५÷१६ अध्यक्ष मेघराज सापकोटाले वर्ष २०१६÷१७ का अध्यक्ष शंकर लामिछानेलाई, लायन्स क्लब अफ नारायणगढ लालीगुराँसका वर्ष २०१५÷१६ का अध्यक्ष हरिकला भट्टराईले वर्ष २०१६÷१७ का अध्यक्ष भगवती श्रेष्ठलाई र लियो क्लब अफ बालकुमारी कलेजका वर्ष २०१५÷१६ अध्यक्ष राम भन्तनाले वर्ष २०१६÷१७ का अध्यक्ष मनोज कंडेललाई पद हस्तान्तरण गरेका थिए ।
यसैगरी, लायन्स क्लब अफ माडीका वर्ष २०१५÷१६ का कार्यबहाक अध्यक्ष श्री प्रसाद दवाडी वर्ष २०१५÷१६ का लागि अध्यक्ष भएका छन् । कार्यक्रम लायन्स क्लब आफ नारायणगढ चित्रवनका अध्यक्ष हर्षमान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।