सिद्धिविनायक साकोसमा गाैतमकाे नेतृत्व

चितवन, ३० भदौ । सहकारीहरुलाई व्यावसायिक रुपमा परिवर्तन गर्न आवश्यक रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्राचार्य भिम प्रसाद तिवारीले बताएका छन् ।
सहकारीहरु मूल्य मान्यता, ऐन, कानुन पालना गर्दै सञ्चालन हुनुपर्ने तिवारीको भनाइ छ । संस्थाका सदस्यहरुलाई सक्षम र उद्यमशिल बनाउन सहकारी अग्रसर हुनुपर्नेमा तिवारीले जोड दिएका छन् । श्री सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा तथा चौँथोँ अधिवेशनको क्रममा बोल्दै तिवारीले सहकारीको प्रगतिको कामना गरेका छन् ।
14369984_1785216821696377_296276884623650854_n

यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य शान्ति अधिकारीले चितवनको सहकारी अभियानलाई अगाडि बढाउन सबैको सहकार्य आवश्यक भएको बताइन् । कार्यक्रममा संस्थाका सचिव थिरप्रसाद धितालले वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका कोषाध्यक्ष मदन प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस सहकारीले स्थापना कालदेखि नै स्थानीयस्तरमा खेर गइरहेको साना साना पुँजिलाई संकलन गर्दै सो पुँजिलाई आफ्ना सदस्यहरु माझ परिचालन गरी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर माथि उकास्दै सामाजिक क्षेत्रमा मह¤वपूर्ण भूमिका निर्वाह गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैबीच, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाको नवाैँ साधरणसभा एवम् चौथो अधिवेशनले पुरुषोत्तम गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा थिरप्रसाद धिताल (कृष्ण्), सचिवमा मदन प्रसाद सापकोटा, कोषाध्यक्षमा मुकुन्द प्रसाद गौतम निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरुमा भगवती पाण्डे, राम प्रसाद घिमिरे, संगिता गौतम, इन्दिरा पन्त मान बहादुर पाण्डे, बिनोद पौडेल, शम्भु अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, चौथो अधिवेशनले लेखा समितिमा संयोजक दिपक कुमार उप्रेती सदस्यमा पुण्य प्रसाद गौतम र  नबराज अर्याललाई चयन गरेको छ ।