लायन्स चोकमा मामा घर तन्दुरी सञ्चालनमा (तस्वीरसहित)

चितवन, भदौ ३० । तन्दुरी र तासका पारखीहरुका लागि केन्द्रित गरेर नारायणगढको लायन्स चोकमा मामा घर तन्दुरी एण्ड तास रेष्टुरेन्ट सञ्चालनमा आएको छ । विदेशका विभिन्न देशहरुका होटलहरुमा लामो अनुभव वटुलेर आएका दुई युवाले मिलेर सो रेष्टूरेन्ट सञ्चालनमा ल्याएका हुन् । 14274412_1301965489862064_481259299_o
भरतपुरका ऋषिकेश अर्याल र रामप्रसाद चालिसेले सञ्चालनमा ल्याएको सो रेष्टुरेन्टको बुधवार एक कार्यक्रमका विच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गर्नुभयो । 14374572_1301924509866162_859353678_oअर्याल र चालिसे मलेसिया, सिङ्गापुर लगाएतका देशहरुमा लामो समय रहेर होटलकै सेफका रुपमा काम गरेका ब्यक्ति हुन् । उनिहरु विशेष रुपमा इन्डियन, चाइनिज र कन्टिनेन्टलका विज्ञका रुपमा चिनिन्छन् । 14339360_1301965376528742_1817222087_o
“विदेशमा शिकेर आएको शिपलाइ स्वदेशमा उपयोग गर्नका लागि हामीले होटल ब्यवसाय नै रोजेका हौ”, सञ्चालक चालिसेले भन्नुभयो ।
रेष्टुरेन्ट सञ्चालनका लागि लगानी कर्ताले ५० लाख रुपैयाँ खर्च गरेका छन् । विशेष रुपमा तास ,तन्दूरी र ममका विभिन्न परिकारहरु यस होटलमा पाइन्छन् ।
रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा होटल ब्यवसायी महासघका केन्द्रिय सल्लाहार समिति सदस्य इमान्दू वराल, प्रकाश अर्याल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।