कालिकाको बालगित गायनमा अर्किड प्रथम

चितवन, भदौ ३० । राष्ट्रिय बाल दिवसको अवसरमा मध्य नेपालकै सर्वोउत्कृष्ठ रेडियो कालिका एफ.एमको परिसरमा बाल गीत गायन प्रतियोगितामा अर्किड इङ््गलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

विभिन्न ३० वटा बिद्यालयका समुहलाई पछि पार्दै भरतपुरमा रहेको अर्किड इङ्गलिस बोर्डिङ स्कुल प्रथम हुन सफल भएको हो । १ सय पुर्णाङ्कमा ८१ अंकको साथमा अर्किड प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा भरतपुर १२ को ग्रिन ल्याण्ड ब्लिक कुल द्धतिय भएको छ ।

ग्रिन ल्याण्डले ८० अंक प्राप्त गरी द्धितिय स्थान हासील गर्न सफल भएको हो । ७९ अंकको साथमा भरतपुर वडा नम्वर ६ मा रहेकाो बालमिकी शिक्षाा सदन तृतिय भएको छ भने ७८ दशमलव ५ प्रतिशत अंक प्राप्त गरी भरतपुर वडा नम्वर ४ को सेन्ट्रल इङ्गलिस बोर्डिङ स्कुलले सान्तवाना स्थान हासील गरेको छ ।

कालिका एफ. एम र टि.भी कालिकाले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा संगित प्रशिक्षक मधुसुदन घिमिरे, संगितकार चन्द्र घले र सुरेन्द्र अस्तफले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कालिका एफ. एमको स्टेशन म्यानेजर तथा टि.भी कालिकाको निर्देशक रिना गुरुङ्ग अध्यक्षतामा सम्पन्न भएको थियो ।

.