एकसाथ दुई ठाउमा एटुजेड मोवाईल मेला असोज १ गतेदेखि ७ गतेसम्म (तस्वीरसहित)

चितवन, भदौं २९ । एटुजेड मोवाईल हाउस नारायणगढले दशैं र तिहारको अवसरमा एटुजेड मोवाईल मेला आयोजना गर्ने भएको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनगरि एटुजेडले आउँदो असोज १ गतेदेखि ७ गतेसम्म मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । कार्यक्रम संयोजक करिश्मा थापाले एटुजेड मोवाईल हाउसको दोस्रो स्वरुम केएल मल लायन्सचोकमा र तेस्रो स्वरुम टाँडी चोक रत्ननगरमा मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।a2z-pressmeet
मेलामा चर्चित कलाकारहरुबाट सांगीतिक प्रस्तुतीको साथमा रोमाञ्चक खेलहरु, मोवाईल खरिदमा ५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था, मेला अवधिभर अत्याधुनिक मेसिन र प्रविधिको प्रयोगबाट निःशुल्क मोवाईल मर्मत, हरेक मोवाईल खरिदमा आकर्षक उपहारका साथै हरेक दिन सुनको सिक्का उपहार र बम्पर उपहार अन्तरगत भाग्यशाली एक ग्राहकलाई फ्यासिनो स्कूटर प्रदान गरिने कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।a2z-pressmeet2
मेलाको प्लाटिन स्पोन्सरमा सामसुङ स्मार्ट फोन, डायमन्ड स्पोन्सरमा लाभा मोवाईल, गोल्ड स्पोन्सरमा मेइजु मोवाईल र सिल्भर स्पोन्सरमा हुवावे, कलर्स, डीटीसी मोवाईल रहेका छन् । a2z-addयस्तै सामाजिक उत्तरदायीत्व अन्तरगत स्पोन्सरको ५ प्रतिशत रकम बालबालिकाहरुका लागि नागरिक प्रहरी अभियान ९पीटुसिटु० मा आवद्ध सडक बालबालिकाहरुलाई सहयोग प्रदान गरिने मोवाईल हाउसले जनाएको छ ।
ओरिजनल मोवाईल विक्रेताको रुपमा परिचित यस मोवाईल हाउसले विगतका वर्षहरुमा पनि दशैं तिहारको अवसरमा मोवाईल मेला आयोजना गर्दै आईरहेको छ ।